राष्ट्रपतिविरुद्धका कुनै पनि रिट दर्ता भएनन्

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७८
supreme court

पोखरा । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वैकल्पिक सरकार गठनका लागि गरेको आह्वान गैर संवैधानिक भन्दै परेका कुनै पनि रिट सर्वोच्च अदालतमा शुक्रबार दर्ता भएनन् ।

राष्ट्रपतिविरुद्ध विभिन्न व्यक्तिले लगेका १३ वटा रिट अध्ययनकै क्रममा रहेकाले दर्ता नभएका हुन् ।राष्ट्रपतिले दिएको समय आजै साँझ सकिएकाले अब रिटको औचित्य सकिएको सर्वोच्चका अधिकारीहरूले बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width