देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपालसहित १ सय ४९ सांसदको हस्ताक्षर

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७८
Sherbahadur-deuba-1

पाेखरा ।  कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्री बनाउन १ सय ४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले दाबी गर्ने भएको छ ।

कांग्रेस नेता गगन थापाका अनुसार एमालेको माधव नेपाल पक्षका सांसदको समेत हस्ताक्षर लिइएको छ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि देउवालाई अघि सारिएको थापाले बताए ।

हस्ताक्षर गर्नेमा कांग्रेस र माओवादी केन्द्रका बाहेक माधवकुमार नेपाल समूहका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र(बाबुराम समूहका १३ जना छन्।

नयाँ सरकार बनाउन संसदमा कायम २ सय ७१ सांसदमध्ये १ सय ३६ जना चाहिन्छ।

राष्ट्रपतिले दिएको समयभित्र दावी पेश गर्नका लागि नेताहरु शीतल निवास गएको थापाले बताए ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । विश्व सिमसार दिवस अवसरमा पोखराको प्रतिभा माविमा जलवायु परिवर्तन, सिमसार क्षेत्रको संरक्षणलगायत विषयमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण…
  • सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…
  • पूर्वराजा ज्ञानेन्द्र पोखरामा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । पोखरा र आसपासका जिल्लामा रहेका शक्तिपीठ भ्रमणका लागि उनी आइतबार समिट…

hero news full width