पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्दा त्यसको कृत्रिम र नाटकीय व्याख्या भएको टिप्पणी गरेका छन्।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रपतिसमक्ष मार्गप्रशस्त गरेको र संविधानको धारा ७६ को ५ बमोजिम बाटो खोलेको भनेर सिफारिस गरेको थिएँ। त्यो कुरा बाहिर आएपछि निकै कृत्रिम र नाटकीय व्याख्याहरू हुने गरेको पाइयो। यो असाध्यै नयाँ कुरा अचानक आए जस्तो भयो। यो नगरेर विश्वासको मत लिएको भए विश्वासको मत प्राप्त हुँदैनथ्यो। त्यस्तो अवस्थामा संविधानको धारा ७६ (५) मा नै जाने हो।’
उनले संसद छलेर सरकार गठन गर्न नचाहेको बताएका छन् । बजेटको चाप र विश्वासको मत नपाउने भएर नयाँ सरकार गठन गर्न आह्रवान गरेको बताएका छन् ।
उनले भने,‘संसद छलेर सरकार कब्जा गर्न खोजिएको होइन,बजेटको चाप र विश्वासको मत नपाउने भएर हो ।’
बजेटभन्दा अगाडि संसदमा नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्नुपर्ने र त्यसका लागि समय अपुग भएकाले आफूले मार्गप्रशस्त गरेको उनले दाबी गरेका छन्।
अहिले सरकारमा नरहेका दलहरुले बनाउन सके सरकार बनाउन र नसके आफूलाई समर्थन गर्न उनले पुन आग्रह गरे ।
आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेर यसैबारेमा जानकारी समेत गराएकाे उनले बताए । नभए राष्ट्रिय सरकार निर्माण गराैं भनेर समेत प्रस्ताव गरेकाे उनले सुनाए ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
हिमालयन र एलपी देवकोटा फाइनलमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
hero news full width
मुख्य समाचार
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१