राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा ६  रिट निवेदन

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७८
1530708263Bidhya-Bhandari

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ अनुसारको सरकार गठनको प्रस्ताव आह्वान गर्दा संविधान मिचेको भन्दै सर्वोच्च अदालतमा ६ थान रिट पुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने वा विश्वासको मत लिनुपर्ने प्रक्रिया नै नगरी नयाँ सरकार गठनको प्रक्रिया शुरु गरेको भन्दै त्यस विरुद्ध रिट पुगेका हुन्।

राष्ट्रपति भण्डारीले चालेको कदम रोक्न माग गरिएको रिट दर्ताको प्रक्रिया भने शुरु भएको छैन। सर्वोच्च अदालत मुद्दा महाशाखाका प्रमुख बाबुराम दाहालले हालसम्म छ थान रिट पेश भएको फाइल अध्ययन नगरेकाले दर्ताको बारेमा केही निर्णय नभएको बताए।

दिउँसो २ बजेपछि निवेदनको अध्ययन हुने र प्रक्रिया पुगेका दर्ता हुने नपुगेको हकमा पुर्‍याउन लगाउने उनले बताए।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६को ३ अनुसारको सरकार नेतृत्व गरेका ओलीले राजिनामा नगरी २१ घन्टाको अवधि तोकेर सरकार गठनको आह्वान गर्ने कार्य गैरसंवैधानिक भएको दावी रिटमा गरिएको छ।

हालसम्म धिवक्ताहरु रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, सन्तोष भण्डारी, सुरेन्द्र भण्डारी र कमल ढकालको रिट पुगेको छ।

Related News

सम्बन्धित समाचार

  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले उपाधि जितेको…
  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…

hero news full width