पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध महाभियोग लगाउन कांग्रेस तयार देखिएको छ।
शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महाभियोगका बारेमा छलफल भएको छ। राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको भावना र मर्मविपरीत काम गरेको बैठकको निष्कर्ष छ। ‘बैठकमा महाभियोगबारे छलफल भएको छ। हामी एकमतले महाभियोग लगाउन तयार छौं,’ पौडेलले भने।
राष्ट्रपतिले सरकार गठन गर्न दिएको समय अघि नै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी ओलीको संविधान मिचाहा प्रवृत्तिविरुद्ध कांग्रेस चुप लागेर नबस्ने पौडेलको भनाइ थियो।
यसैबीच, कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ।सभापति देउवाको निवासमा बसेको पदाधिकारी बैठकले संविधान र लोकतन्त्र रक्षाका लागि छलफल गरी आवश्यक रणनीति तय गर्नुपर्ने भएको सर्वदलीय बैठक बोलाउने निर्णय गरेको हो।
‘प्रधानमन्त्रीले राजीनामा दिएका छैनन्। थोरै समय दिएर अर्को सरकार गठन गर्ने भनेर जालसाजी भइरहेको छ। संविधान बचाउन सबै पार्टीसँग हामी कुरा गर्दैछौं। अनि ठोस कदम चाल्छौं,’ वरिष्ठ नेता रामचन्द्र पौडेलले भने।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१