गण्डकीमा हिजो ४ सय ३३ कोरोनामुक्त, २२ को मृत्यु

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा बिहीबार ४ सय ३३ जनाले कोरोना जितेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पछिल्लो एक महिनामा निको हुनहरुमा यो दोस्रो ठुलो संख्या हो । बिहीबार मात्र ५ सय ६७ जना निको भएका थिए । भने गएको जेठ ३१ गते र बैशाख २ गते ४ सय ३१ जनाले कोरोना जितेका हुन् । पछिल्लो समय कोरोना निकोहरुको ग्राफ दिनानुदिन बढको छ । योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २१ हजार ३ सय ९८ जना पुगका छन् ।

बिहीबारसम्म सबैभन्दा बढि कास्कीमा ११ हजार ४ सय ४८ जना कोरोना मुक्त भएका छन् भने कम मुस्ताङमा ३१ जनाले कोरोना जितेका छन् ।
एकैदिन १ हजार ३ सय ७२ थप संक्रमित
प्रदेशमा बिहीबारमात्र १ हजार ३ सय ७२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पछिल्लो एक महिनामा दोस्रो ठुलो संख्यामा संक्रमित थपिएका हुन् । यो भन्दा अघि वैशाख २४ गते १ हजार ३ सय ९६ जना संक्रमित भएका थिए । प्रतिशतका आधारमा भने शुक्रबार संक्रमितको संख्या कम हो । वैशाखमा २ हजार ३ सय ३९ जनाको स्वाब परिक्षण गर्दा ५९.६८ प्रतिशतमा संक्रमण भएको थियो । भने शुक्रबार ३ हजार २ सय ७७ जनामा परिक्षण गर्दा ४१.८६ प्रतिशतमा पोजेटिभ देखिएको हो ।

बिहीबार सबैभन्दा बढि स्याङ्जाका ६ सय ११ जना र कम मुस्ताङमा १ जना संक्रमित थपिएका छन् । मनाङमा संक्रमितको संख्या शून्य रहदाँ बाग्लुङमा ९, लमजुङमा १६ र पर्वतमा १८ जनामा पोजेटिभ देखिएको हो । यसैगरि कास्कीमा ३ सय ५३, गोरखामा १ सय ५६, नवलपुरमा ९४ , तनहुँमा ९३ र म्याग्दीमा २१ जना संक्रमित थपिएका हुन् । योसँगै प्रदेशमा कोरोनाका सक्रिय संक्रमित १० हजार १ सय ८८ पुगेका छन् ।

प्रदेशमा २२ जनाको कोरोनाबाट मृत्यु
गण्डकीमा शुक्रबार थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्की शुक्रबार मृत्यु हुनेमा कास्कीका ७ जना रहेका छन् । यस्तै नवलपुरका ५, स्याङ्जाका ४, गोरखाका ३, बाग्लुङका २ र तनहुँका १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

कास्कीको पोखरा महानगरपालिका १३ की ६३ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । पोखरा १३ का ७८ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा निधन भएको हो । पोखरा १७ का ५७ वर्षीय परूषको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारका ज्यान गएको हो । पोखरा महानगरपालिका १२ का ७९ वर्षीय परूषको होम आइसोलेसनमा निधन भएको हो । पोखरा १२ का ७१ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको मृत्यु भएको हो । पोखरा १३ का ५८ वर्षीय मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको ज्यान गएको हो । पोखरा १३ कै ७८ वर्षीय पुरूषको मिति चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा ज्यान गएको हो ।

यसैगरि नवलपुरको कावासोती नगरपालिका १३ की ४६ वर्षीय महिलाको कलेज अफ मेडिकल साइन्समा उपचारको क्रममा निधन भएको हो । नवलपुर कै कावासोती नगलपालिका ३ का ६१ वर्षीय कोरोना पुरूषको भरतपुर अस्पताल, चितवनमा उपचारको क्रममा ज्यान गएको हो । नवलपुरको गैंडाकोट नगलपालिका २ का ७३ वर्षीय पुरूषको भरतपुर अस्पताल, चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । नवलपुरको विनयत्रिवेणी गाउँपालिका २ की ४७ वर्षीया महिलाको भरतपुर अस्पताल, चितवनमा उपचारको क्रममा ज्यान गएको हो । नवलपुरको गैंडाकोट नगलपालिका १२ की ५२ वर्षीय पुरूषको चितवन मेडिकल कलेज, चितवनमा ज्यान गएको हो ।

यसैगरि गोरखाका आरुघाट गाउँपालिका ५ का ८३ वर्षीय पुरूषको टिचिङ अस्पताल, काठमाडौंमा उपचारको क्रममा दुखद निधन भएको हो । गोरखा कै शहिद लखन गाउँपालिका ६ का ४४ वर्षीय पुरूषको उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटो मै ज्यान गएको छ । गोरखाको शहिद लखन गाउँपालिका ७ का ६४ वर्षीय पुरूषको भरतपुर अस्पताल, चितवनमा उपचारको क्रममा दुखद निधन भएको छ ।

यस्तै स्याङजाको गल्याङ नगरपालिका ५ की ८१ वर्षीय पुरूषको गल्याङ नगर अस्पताल, स्याङजामा उपचारको क्रममा मृत्यु भएको हो । स्याङजा कै कालिगण्डकी गाउँपालिका २ का ९० वर्षीय पुरूषको कालिगण्डकी अस्पताल, स्याङजामा उपचारको क्रममा निधन भएको छ । स्याङजा कै पुतलीबजार नगलपालिका २ का ५० वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा ज्यान गएको हो । स्याङजा चापाकोट नगरपालिका ६ का ६० वर्षीय पुरूषकोे गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

बाग्लुङको ढोरपाटन नगरपालिका १ का ३८ वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा ज्यान गएको हो । बाग्लुङ कै गल्कोट नगरपालिका ६ का ७० वर्षीय पुरूषको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको हो । तनहुँको व्यास नगरपालिका १३ का ८० वर्षीय कोरोना संक्रमित पुरूषको पनि गण्डकी मेडिकल कलेज, पोखरामा उपचारकै क्रममा मृत्यु भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width