‘शीतल निवासमा देशको राष्ट्रपति बस्नुहुन्छ कि केबल विद्या भण्डारी ?’

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७८
Bishwa-Prakash-Sharma-1

पोखरा । कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले राष्ट्रपति भवनमा मेरो देशको राष्ट्रपति बस्नुहुन्छ कि केवल ‘विद्या भण्डारी’ भन्दै प्रश्न गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रश्न उठाएका हुन्। शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रपति भवनमा मेरो देशको राष्ट्रपति बस्नुहुन्छ कि केबल विद्या भण्डारी’ बस्नुहुन्छ ? ’

उनले अगाडि थपेका छन्, ‘प्रधानमन्त्रीको प्रस्ताव परिपक्व हुन समय किन चाहिएन ? संस्था सेरोमोनियल हुनु र खल्तीको हुनु एउटै हो ? संविधान छल्ने र संसद्‍लाई प्रयोजनहिन बनाउने संयुक्त षडयन्त्र आपत्तिजनक छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width