ममहानगरले मातृशिशु अस्पताललाई कोभिड अस्पताल बनाउने

नयाँ शैक्षिक सत्रबाट १–५ कक्षासम्म स्थानीय पाठ्यक्रय लागु गर्ने

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७८
pokhara metropolitaincity office

पोखरा । पोखरा महानगरले कोमागाने मातृशिशु अस्पताललाई कोभिड अस्पतालका रुपमा विकास गर्ने भएको छ । पोखरा महानगरपालिको ४९ आंै कार्यापालिका बैठकले योसहित कोभिड नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ ।

महानगरले कोभिड नियन्त्रणका लागि भएका निर्णयमा मातृशिशु अस्पताललाई कोभिड अस्पताल बनाउन २५ लाख उपलब्ध गराउने भएको छ । जिल्ला समन्वय समिति कास्कीबाट प्राप्त १५ लाखमा महानगरबाट १० लाख थप २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।
यसैगरी साविक लेखनाथ नगरपालिकाको भवनमा बन्ने कोभिड आइसोलेसन अस्पतालका लागि आवश्यकता बमोजिम जनशक्ति तयार गर्ने निर्णय पनि गरेको छ । कोभिड वार्ड सञ्चालनका लागि आवश्यक खरिद प्रक्रिया एवं जनशक्ति तथा औषधि आपूर्तिको प्रक्रिया अघि बढाउन बैठकले बाटो खुलाएको छ । पोखरा वडा नम्बर १८ मा पायक पर्ने गरी सहरी स्वास्थ्य केन्द्र स्थापना तथा सञ्चालन गर्ने पनि निर्णय गरेको प्रवक्ता नेपालीले जानकारी दिए ।

बैठकले कोरोना महामारीका कारण विद्यालयहरुले सञ्चालन गर्ने शैक्षिक सत्र २०७७ का वार्षिक परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न सम्भव नदेखिएको निष्कर्ष निकालेको छ । कक्षा १ देखि ९ (कक्षा ८ बाहेक) सम्मका परीक्षा विद्यालयले सञ्चालन गरेका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं अन्य आन्तरिक मूल्यांकनका आधारमा तयार गरी नतीजा प्रकाशन सम्बन्धी कार्य जेठ मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको छ ।

साथै शैक्षिक सत्र २०७८ को शैक्षिक सत्रको भर्ना असार १ गतेबाट मात्र सुरुआत गर्ने गरी विद्यालयहरुलाई निर्देशन दिने निर्णय गरेको छ । कक्षा ८ को परीक्षा सम्बन्धमा नगरस्तरीय परीक्षा सञ्चालन एवं समन्वय समितिको बैठकको निर्णयपश्चात् सोही बमोजिम हुनेगरी सूचना प्रकाशन गर्ने भएको छ ।

यसैगरी पोखरा महानगरको ४९ औं बैठकले पोखरा महानगरपालिकाले स्थानीय पाठ्क्रम लागु गर्ने निर्णय गरेको छ । बैठकले महानगर शिक्षा महाशाखाबाट तयार गरी पेस भएको कक्षा १ देखि ५ सम्मको स्थानीय पाठ्यक्रम, २०७७ लाई स्वीकृति प्रदान गरेको महानगरका प्रवक्ता नेपालीले जानकारी दिए । महानगरका सम्पूर्ण विद्यालयहरुमा ती पाठ्यपुस्तक लागु गर्ने निर्णय गरेको महानगरका प्रवत्ता नेपालीले बताए ।

पोखराको मालेपाटनमा रहेको कृषि शाखा कृषि सेवा केन्द्रको अन्दाजी ३ रोपनी जग्गामा कृषिबजार उपज केन्द्र र वडा कार्यालय बनाउन आवश्यक प्रक्रिया अघि बढाउने निर्णय पनि भएको छ । बैठकले महानगरपालिकावडा नम्बर ५ को नयाँ वडा कार्यालय निर्माण गर्ने निणय गरेको छ । फेवातालको ४ वटा स्रोत नदीमा बनेको सिल्ट्रेसन ड्यामहरुको मर्मत सम्भार सम्बन्धी सार्वजनिक निजी साझेदारी आयोजनाको सम्झौता पक्रिया अगाडि बढाउने निर्णय पनि गरिएको छ । ०७८/०७९ का वार्षिक विकास कार्यक्रम तर्जुमा गर्दा त्रिवर्षीय योजनालाई आधार मानेर काम गर्ने समेत बैठकले निर्णय गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । विश्व सिमसार दिवस अवसरमा पोखराको प्रतिभा माविमा जलवायु परिवर्तन, सिमसार क्षेत्रको संरक्षणलगायत विषयमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण…
  • सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…
  • पूर्वराजा ज्ञानेन्द्र पोखरामा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । पोखरा र आसपासका जिल्लामा रहेका शक्तिपीठ भ्रमणका लागि उनी आइतबार समिट…

hero news full width