पोखरा । मनाङमा कोरोनाका सक्रिय बिरामी ३९ जना छन् । जिल्लामा ७० जनालाई संक्रमण भएकोमा ३१ जनाले त कारोना जितिसकेका छन् । सक्रिय संक्रमित सामान्य स्वास्थ्यकर्मीको भरमा उपचार गराइरहेका छन् । उनीहरुमध्ये कोहीलाई अक्सिजन नै दिनुप¥यो भने कोहीलाई फरक समस्या समस्या आइपर्छन् ।
जिल्ला अस्पतालमा भवन निर्माणकै क्रममा छ । आइसियु कक्ष नै छैन । प्रदेश सरकारले पठाएको २ मध्ये १ भेन्टिलेटर जोडिएको छ । त्यो पनि प्राविधिक नभएकाले प्रयोगविहीन बनेको छ । केही दिन अगाडि मनाङका २ जना बिरामी पोखरा र १ जना काठमाडौंमा हेलीचार्टर गरी पुगेका थिए । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेका अनुसार जिल्लाको भेन्टिलेटर प्राविधिक नभएका कारण सञ्चालन गर्न सकिएको छैन । चामेमा आइसोलेसन बेड तयार गरिएको छ । अरु स्थानीय तहले कोभिड अस्पताल बनाए पनि डाक्टर अभाव छ ।
मनाङका कोरोना संक्रमितले अक्सिजन अभावकै कारण ज्यान गुमाउन नपरोस् भनेर स्थानीय जुट्न थालेका छन् । मनाङका होटल व्यवसायी विनोद गुरुङले आफ्नै होटलमा अक्सिजनसहित ३ वटा बेड तयार गरेका छन् । मनाङ ङिस्याङ गाउँपालिका ४ मनाङ गाउँमा रहेको होटल यतीमा उनले आइसोलेसन बनाएका हुन् । गाउँगाउँमा संक्रमण बढ्दै गएको अवस्थामा आइसोलेसनको अभावमा कोही नागरिकले मृत्युवरण गर्न नपरोस् भनी आफ्नो होटललाई आइसोलेसन बनाइएको गुरुङले बताए । आफ्नो काममा प्रतिनिधिसभा सदस्य सांसद कर्मा घलेले पनि साथ दिएको गुरुङले जानकारी दिए । सांसद घलेले बिजुलीबाट चल्ने अक्सिजन मेसिन १ थान, अक्सिजन दिँदा प्रयोग हुने मास्क ठूलो १०, सानो १० गरी २० वटा अक्सिजन मास्क सहयोग गरेका छन् ।
‘मैले होटलमा आइसोलेसन बनाउँछु भनेपछि सांसद कर्मा घलेले अक्सिजनको सहयोग गर्छु भन्नुभयो अनि सुरु गरियो,’ उनले भने, ‘मेरो होटलमा ४० बेड हो, अहिलेलाई ३ बेडमात्र बनाएको छु, आवश्यक परेको खण्डमा अरु पनि दिन तयार छु ।’ जिल्ला अस्पतालको नयाँ भवन निर्माण भइरहेको र पुरानो भवनमा संक्रमितका लागि पर्याप्त कोठा नहुँदा आइसोलेसन वार्ड सञ्चालन गर्न नसकिएको अवस्थामा सहयोग गरेको गुरुङले बताए ।
गुरुङ पर्यटन व्यवसायी समिति मनाङ, संरक्षण क्षेत्र व्यवस्थापन समिति मनाङ, मनाङ सञ्चार विकास समाज र रेडियो मनाङका अध्यक्ष हुन् भने नेपाल पत्रकार महासंघ मनाङका सल्लाहकारसमेत हुन् ।
Related News
सम्बन्धित समाचार
कुमारी ब्युटीका प्रडक्टको स्टोर सुरु
‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो
‘नालामा जस्तै पानी बग्छ सडकमा’
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१