पोखरा र लण्डनको बार्नेट सहरबीच मितेरी साइनो

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७८
Barnet- Pokhara Twinning

पोखरा । पोखरा महानगरपालिका र लण्डनको बोरौग्ह अफ बार्नेट काउन्सिलबीच मितेरी सम्बन्ध स्थापना भएको छ ।

बार्नेटको ह्यनडेन बजार सभाहलमा लण्डन बोरौग्ह अफ बार्नेटको मेयर काउन्सिलर क्यारोलिन स्टोकले बार्नेट काउन्सिलको नेता तथा पोखरा महानगरतर्फबाट नेपालका लागि बेलायती राजदूत लोकदर्शन रेग्मी, विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिको रोहवरमा मितेरी सम्बन्ध स्थापना भएको हो ।

बेलायत र नेपालको गोर्खा सैनिकमार्फत २ सय ६ वर्षअघिको घनिष्ठ सम्बम्धमाथि थप मितेरी साइनो जोड्दै गहिरो सम्बन्ध कायमको बिहीबार औपचारिक घोषणा गरिएको हो । यसबाट २ सहरका नागरिकबीच भावनासँगै विभिन्न सहयोग आदानप्रदान हुने विश्वास गरिएको छ ।

बार्नेट काउन्सिलका उपमेयर काउन्सिलर लक्ष्यबहादुर गुरुङले बेलायतको लण्डन बार्नेट सहर र पोखराको मितेरी सम्बन्ध झन् गहिरो हुने विश्वास व्यक्त गरे ।

राजदूत रेग्मीले बेलायतले दुई सहरका नागरिकको सम्बन्ध झन् गहकिलो बनाउनुको साथै सामुदायिक फाइदा हुने विषयमा प्रकाश पारे ।

यस्तै, गैरआवासीय संघ बेलायतका अध्यक्ष पूनम गुरुङ र पोखरा मञ्च बेलायतको अध्यक्ष मनप्रसाद गुरुङले नयाँ मित्रताबाट खुसी व्यक्त गरे ।

कोरोना संक्रमणको महामारीको बेलामा पनि मितेरी संघको संकल्प विधान लण्डन बोरौग्ह अफ बार्नेट काउन्सिलका उपमेयर लक्ष्यबहादुर गुरुङको सोच र पहलमा, मेयर क्यारोलिना स्टोकको सक्रियतामा सो प्रस्ताव २०२१ को अप्रिल २६ मा काउन्सिलको अतिरिक्त बैठकमा कावान्सिलरको मतदानबाट पारित भएको थियो । यस्तै पोखरा महानगरले २०७८ बैशाख ११ मा २ सहरको मितेरी संकल्प पारित गरेको थियो ।

बार्नेट सहर लण्डनको ३२ वटा काउन्सिल अथवा बोरौग्हमध्येको एउटा काउन्सिल रहेको ब्रिटिस गोरखा नेपाल भूपू सैनिक संघ युकेका अध्यक्ष केशबहादुर गुरुङले जानकारी दिए । यो बार्नेट काउन्सिल लण्डनको उत्तरपच्चिममा पर्छ । अंग्रेजी मुलको नागरिकबाहेक विश्वभरका विभिन्न जातजातिको बसाइँसराइ गरी १ सय ९० भाषा बोल्ने जाति यहाँ बस्छन् ।

यसमध्ये नेपालीको २ सय घरभन्दा बढी बार्नेट सहरममै बसोबास गर्दै आएका छन् । बर्न ओक नेपाली समाज समेत स्थापना गरेका छन् । सो सहरमा २१ वडा छन् भने ६३ काउन्सिलर छन् । ३ सांसदले बेलायतको संसद्मा समेत प्रतिनिधित्व गर्छन् ।

Related News

सम्बन्धित समाचार

  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…
  • पूर्वराजा ज्ञानेन्द्र पोखरामा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । पोखरा र आसपासका जिल्लामा रहेका शक्तिपीठ भ्रमणका लागि उनी आइतबार समिट…
  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • सम जयन्तीमा रंगकर्मीको सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नेपाली नाट्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने पोखराका ३ जना रंगकर्मीलाई सम्मान गरिएको छ । नाट्यसम्राट बालकृष्ण समको १२२…
  • बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित

    विजय नेपाल माघ २६, २०८१
    पोखरा । नेपाल कानून व्यवसायी परिषद्को निर्वाचनमा गण्डकी प्रदेश पार्षद सदस्यमा अधिवक्ता दयाराम गौतम निर्वाचित भएका छन् । प्रजातान्त्रिक कानून…

hero news full width