मुक्तिनाथको मिस्ड कल बैंकिङ सेवा

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७८
muktinath bank

पोखरा । मुक्तिनाथ विकास बैंक लि.ले ग्राहकको सुविधाको लागि मिस्ड कल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

ग्राहकले सो सेवाबाट बैंकको निक्षेप तथा कर्जासम्बन्धी सेवाबारे सजिलै जानकारी लिन सक्ने छन् । यो सुविधा लिन ग्राहकले निक्षेपबारे ९८०१११००२२ र कर्जासँग सम्बन्धित सेवाको लागि ९८०१११००२३ मा मिस्ड कल गर्नुपर्नेछ । केही समयमै बैंकबाट ग्राहकको जिज्ञासाको लागि सोही नम्बरमा सम्पर्क गरिने जनाइएको छ ।

यसैगरी डिजिटल कारोबार्र प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

साथै मोबाइल बैंकिङ, क्युआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा लगायत कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width