विपदका बेला जनताको साथमा रहने कांग्रेसको प्रतिवद्वता

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७८

पोखरा।  कोरोना महामारीसँगै अब हुनसक्ने प्राकृतिक विपद्का बेला जनताको साथमा रहने प्रतिवद्वतासहित कसरी जनतासँग जोडिने भन्ने विषयमा नेपाली कांग्रेस कास्कीले छलफल सुरु गरेको छ ।

कास्कीका ६ वटै प्रदेश सभाका नेता तथा कार्यकर्तासँगै छलफल गरी विपदमा जनतासँग कसरी जोडिने भन्ने विषयमा निर्णय गरिने कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।

अहिलेको कोराना महामारी र वर्षा मौसयामसँगै हुन सक्ने बाढीपहिरोजस्ता घटनामा धनजनको क्षति हुँदा जनतालाई कसरी सहयोग र राहत दिन सकिन्छ भनेर कास्की कांग्रेस गम्भीर रुपमा छलफलमा जुटेको कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले बताए ।

कास्की कांग्रेसले बिहीबार नेपाली काँग्रेस क्षेत्र नं १ (क) कास्कीबाट छलफल शुरु गरेको छ ।

छलफलमा नेपाली कांग्रेका पूर्व महामन्त्री तारानाथ रानाभाट, केन्द्रीय सदस्य जीवन परियार, पूर्व मन्त्री यज्ञबहादुर थापाले जिम्मेवार पार्टी जनतालाई समस्या पर्दा सहयोगमा जुट्नुपर्ने भन्दै कास्की कांग्रेसले कोरोना महामारीको समयमा प्रशंसनीय कार्य गर्दै आएको बताए ।

यसअघि वैशाख २६ गतेको जिल्ला कार्यसमितिको बैठकले कोरोना संक्रमित बिरामीको सहजताका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार जेठ १ गतेदेखि एम्बुलेन्सले सेवा दिइरहेको छ ।

एम्बुलेन्स सेवाका लागि कास्की कांग्रेसका सचिव देवेन्द्र रानाभाटको मोबाइल नम्बर ९८४६०२६७६६ र मूख्य कार्यालय सचिव विजयराज अधिकारीको मोबाइल नम्बर ९८५६०५४२२२ मा सम्पर्क गर्न सकिने पार्टीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • कुमारी ब्युटीका प्रडक्टको स्टोर सुरु

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । मेकअप आर्टिस्ट शोभा भट्टराईले क्यानाडाबाट उत्पादन सुरु गरेको नेपाली ब्राण्ड कुमारी ब्युटीका प्रडक्टको प्रमुख स्टोर पोखरामा सुरु भएको…
  • ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    पोखरा । हाम्रो समाजमा एउटा उक्ति छ, ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको ।’ ज्येष्ठ नागरिक अनुभवका खानी हुन् ।…
  • सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

    रासस असाेज २१, २०८१
    काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको संख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजानिक यातायात…
  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…

hero news full width