खोप व्यवस्था गर्न पर्यटन व्यवसायीको माग

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७८
Fewa Lake

पोखरा । पोखराका पर्यटन व्यवसायीले कोरोनाविरुद्ध खोपको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । यो महामारीले पर्यटन क्षेत्रलाई प्रत्यक्ष र दीर्घकालीन असर गर्ने निश्चित रहेको उल्लेख गर्दै उनीहरुले यस क्षेत्रका पर्यटन व्यवसायी, कर्मचारी र मजदुरलाई खोप अनिवार्य व्यवस्था गर्न माग गरेका हुन् ।

पर्यटन तथा निजी क्षेत्रको छाता संस्था पोखरा पर्यटन परिषद्का तर्फबाट अध्यक्ष गोपीबहादुर भट्टराईले बिहीबार विज्ञप्ति जारी गर्दै पर्यटन क्षेत्र सुरक्षित नभएसम्म देशको अर्थतन्त्र पनि कमजोर हुँदै जाने हुँदा यस कार्यलाई छिटोभन्दा छिटो सम्बोधन गरिनुपर्ने माग गरेका हुन् । यदि सरकारले नसके पर्यटन व्यवसायी, कर्मचारी र यस सम्बद्ध मजदुरका लागि निजी प्रयास र खर्चबाट खोप आयात गरेर लगाउने व्यवस्था मिलाउन समेत तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।  सोका लागि सरकारले समन्वय र सहयोग गर्नुपर्नेमा जोड दिइएको छ ।

नेतृत्व वर्ग आफू खोप लगाएर सुरक्षित भएपछि नागरिकको स्वास्थ्यप्रति गम्भीर नहुनु, स्वास्थ्य सामग्री र औषधी ल्याउने जिम्मा पाएकाले आर्थिक लाभमात्र सोच्नु, खोप खरिद प्रक्रियामा अग्रसरता नदेखाउने जस्ता कतिपय क्रियाकलापबाट आमनागरिकमा उदाशीनता छाएको परिषद्ले जनाएको छ ।

‘निजी क्षेत्रलाई विश्वासमा लिएर सरकारले खोप आयातमा कुटनीतिक पहल गर्ने हो भने मुलुकमा छिटो खोप आयात भै नागरिकलाई लगाउने वातावरण मिल्ने देखिएकाले यथाशीघ्र ध्यान दिन परिषद् जोडदार माग गर्दर्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

  • माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी

    आदर्श समाज सम्वाददाता माघ ६, २०८१
    पोखरा । सामान्यतः मंसिरभित्रै नेपालीहरुले धान थन्क्याउँछन् । सँगै दाइँ गर्छन् । तर पोखरामा अलि अनौठो भयो । पोखराका पर्यटन…
  • नागीधार महोत्सव तयारी पूरा

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । मादी गाउँपालिका ८, नागीधार गाउँमा यही ४–६ माघसम्म नागीधार महोत्सव हुँदैछ । मूल आयोजक समिति संयोजक ओमप्रकाश गुरुङले…
  • २६ औं घलेल ल्होछार उत्सव

    आदर्श समाज सम्वाददाता पौष २४, २०८१
    पोखरा । २६ औं घलेल ल्होछार उत्सव अवसरमा घलेलमा आयोजित पुरुषतर्फ भलिबल उपाधिका लागि घान्द्रुक किम्चे गाउँ र धम्पुस लेककुना…
  • प्राधिकरणले विमानस्थल चलाउने कार्ययोजना बनाएन : गुरुङ

    आदर्श समाज सम्वाददाता पौष १४, २०८१
    पोखरा । पोखराको लेकसाइडमा २६ औं संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल…
  • २६ औं पोखरा सडक महोत्सव सुरु

    आदर्श समाज सम्वाददाता पौष १३, २०८१
    पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरा आयोजनामा फेवाताल किनारमा २६ औं पोखरा सडक महोत्सव शनिबारदेखि सुरु भयो ।…

hero news full width