ताउ–ते चक्रवातको प्रभावले देशभर वर्षा, गण्डकीमा धेरै पानी पर्ने 

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७८
mausam

पोखरा ।  मुलुकभर  बिहीबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातबाट उतर पश्चिमतिर कमजोर हुँदै अगाडि बढेको चक्रवात ताउ–ते को प्रभावका कारण बदली तथा वर्षा भएको हुने देखिएको हो ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

उच्च हिमाली भू–भागका केही स्थानमा भारी हिमपात र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।

Related News

सम्बन्धित समाचार

hero news full width