कोरोनाका कारण डिएसपी राजकुमार केसीको निधन

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७८
rajkumar kc

पोखरा । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ।

दुई हप्ता अगाडि कोरोना संक्रमण भएपछि उनलाई नेपाल प्रहरी अस्पताल लगिएको थियो। केसीको उपचारकै क्रममा बिहीबार बिहान निधन भएको हो । उनी जिल्ला प्रहरी कार्यालय कास्कीमा रहँदा प्रवक्ता थिए ।

उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी बासिन्दा हुन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने प्रहरी स्रोतले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width