राष्ट्र बैंक भन्छ :  लकडाउन र निषेधाज्ञाले उद्योग व्यवसाय पुनः प्रभावित हुन्छ 

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७८
Nepal-Rastra-Bank

पोखरा ।  पहिलो चरणको कोरोनाले थलिएर विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुन थालेको छ । नेपाल राष्ट्र बैंकले  बुधबार सार्वजनिक गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव’ सम्बन्धी दोस्रो पुनरावृत्तिको सर्वेक्षण प्रतिवेदनले अर्थतन्त्र धरासायी हुने भनिएको छ ।

पछिल्लो सर्वेक्षण नतीजाले २०७७ असारको तुलनामा २०७८ वैशाख १४ गतेसम्ममा औसत ८१ दशमलव २ प्रतिशत उद्योग तथा व्यवसाय सञ्चालनमा आएकाले उल्लेख्य सुधार भएको देखाएको छ । तर, निषेधाज्ञा र कोरोना संक्रमण बढ्दै जाँदा उद्योगहरू पुनः प्रभावित हुन सक्ने राष्ट्र बैंकको आकलन छ ।

औसत ४ दशमलव २ प्रतिशत उद्योग तथा व्यवसाय सञ्चालन हुन सकेका थिएनन् भने १४ दशमलव ६ प्रतिशत आंशिक रूपमा सञ्चालनमा रहेका थिए । यो सर्वेक्षणको नतिजा अवधिलगत्तै अर्थात् वैशाख १६ गतेदेखि कोभिड–१९ महामारीको दोस्रो लहरले अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहेकाले फेरि अर्थतन्त्र प्रभावित हुनसक्ने राष्ट्र बैंकको ठहर छ ।

गतवर्षको असारको तुलनामा वैशाखसम्ममा उद्योग÷व्यवसायहरूको उत्पादन एवम् कारोबार तथा रोजगारीको अवस्थामा उल्लेख्य सुधार आएको छ । तर, २०७६ फागुनको अवस्थामा भने उद्योग/व्यवसायहरू पुग्न सकेको देखिँदैन । सर्वेक्षणअनुसार कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करीब २९ प्रतिशतमात्र उत्पादन/कारोबार भएको थियो । २

०७८ वैशाखमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ६१ दशमलव ४ प्रतिशत पुगेको छ । ‘गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रको उत्पादन/कारोबार बढेको पाइएको छ । तर, होटेल तथा रेस्टुराँको उत्पादन र कारोबारको स्थिति ४० दशमलव ८ प्रतिशत मात्र पुगेको छ जुन अन्य व्यवसायहरू भन्दा सवैभन्दा कम हो,’ सर्वेक्षणमा उल्लेख छ ।

राष्ट्र बैंकको सर्वेक्षणअनुसार वैशाखको आधा महिनासम्ममा ७४ दशमलव ४ प्रतिशत घरेलु उद्योगहरू पूर्ण सञ्चालनमा रहेका थिए ।

राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठ सुधार हुन थालेको अर्थतन्त्र फेरि प्रभावित हुनसक्ने बताउँछन् ।

यसैले कोभिड–१९ को संक्रमण रोक्दै यथासम्भव आर्थिक गतिविधिहरू चलायमान बनाइरहनुपर्ने उनको भनाइ छ ।

व्यवसाय सञ्चालनसम्बन्धी पछिल्लो वस्तुस्थितिबारे २०७७ असार र मङ्सिरको सर्वेक्षणमा सहभागी व्यवसायीहरूबाट पुनः तथ्यांक संकलन गरी २०७८ वैशाख ५ देखि १४ गतेसम्म दोस्रो पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको थियो । पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योगव्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा उल्लेख्य सुधार आएको देखाएको हो ।

कोभिड–१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न बैंकले २०७७ असारमा ५२ जिल्लाका ६७४ उद्योगी /व्यवसायीहरूबाट तथ्यांक संकलन गरेको थियो । सर्वेक्षणले बन्दाबन्दीपश्चात् औसतमा ६१ दशमलव शून्य ३ प्रतिशत उद्योग / व्यवसाय सञ्चालन हुन नसकेको र ४ दशमलव १ प्रतिशत उद्योग/व्यवसायमात्र पूर्णरूपमा सञ्चालनमा रहेको देखाएको थियो । बन्दाबन्दी केही खुकुलो भएपछि २०७७ मङ्सिरमा प्रथम पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको थियो ।

गत असारको तुलनामा वैशाखमा उद्योग÷व्यवसायको आकारअनुसार सबै प्रकारका उद्योग/व्यवसायको उत्पादनरकारोबार बढेको पाइएको छ । तर, कोभिड महामारी आउनुअगाडिको अवस्था पुगिसकेका छैनन् । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ७७ दशमलव ५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग÷व्यवसायहरूले २०७८ वैशाखमा ९३ दशमलव ८ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको छ । मझौला तथा ठूला उद्योगरव्यवसायले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा वैशाखमा घटेको देखिएको छ । पूर्णरूपमा सञ्चालनमा रहे पनि मझौला तथा ठूला उद्योगरव्यवसाय आफ्नो पूर्ण क्षमता उपयोग गरी सञ्चालनमा नरहेकाले यस्ता उद्योगले प्रदान गर्ने रोजगारीमा थप कटौती हुन गएको अनुमान छ ।

असारको तुलनामा उद्योगरव्यवसायहरूको औसत तलब–ज्याला खर्चमा वृद्धि भएको पाइएको छ । कोभिड महामारीअगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३ दशमलव ४ प्रतिशत रहेको यस्तो खर्च २०७८ वैशाखमा आइपुग्दा ८८ दशमलव ५ प्रतिशत पुगेको देखिएको छ ।

खानी तथा उत्खनन क्षेत्रका उद्योग/व्यवसायहरूको औसत तलब–ज्याला खर्च बढेको पाइएको छ भने विद्युत्, ग्यास तथा पानी र सञ्चार क्षेत्रका उद्योग/व्यवसायहरूको औसत तलब–ज्याला खर्च कोभिड महामारीअगाडिकै अवस्थामा पुगेको सर्वेक्षणले देखाएको छ ।

अनलाइन तथा टेलिफोनमार्फत गरेको सर्वेक्षणमा सहभागी अधिकांश उद्योगरव्यवसायले बजार माग घटेर कारोबारमा ह्रास आएको, पुनर्कर्जा तथा सहुलियत कर्जा प्राप्त गर्न कठिनाइ भएको, थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्या रहेको बताएका छन् । सर्वेक्षणका क्रममा सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगीरव्यवसायीले कोभिड–१९ का कारण बजार माग घटेर चालू खर्च धान्न समस्या रहेका कारण उद्योगरव्यवसाय सञ्चालनमा ल्याउन नसकेको बताएका छन् । तीमध्ये केहीले व्यक्तिगत कारणले गर्दा अब उद्योगरव्यवसाय पुनः शुरू गर्न नचाहेको बताएका छन् भने केहीले निकट भविष्यमा पुनः सञ्चालनमा ल्याउने बताएका छन् । सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी व्यवसायीले पुनर्कर्जा तथा सहुलियतपूर्ण कर्जालगायत कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width