पोखरा । कोरोना संक्रमणको दोस्रो लहर तिब्र रुपमा फैलिरहँदा संक्रमितको संख्या बढिरहेको छ। संक्रमितको संख्या बढिरहँदा अस्पतालहरुसमेत भरिभराउ भएका छन्। कतिपय अस्पतालमा अक्सिजनको अभाव देखिएको छ भने अक्सिजन भएका स्थानमा पनि सिलिण्डरको अभाव देखिएको छ।
कतिपय संक्रमितहरु घरमै आइसोसनमा बसेका छन्। घरमा बस्दा अक्सिजनको मात्रा घट्न के गर्ने भन्ने चिन्ता संक्रमितहरुमा देखिएको छ। अस्पतालमा भर्ना भएका बिरामीले समेत अक्सिजन पाउन नसक्ने अवस्था देखिएपछि धेरैले यस्तो परिस्थितिमा के गर्ने भन्ने प्रश्न गरिरहेका छन्।
यसैबीच डा अनूप सुवेदीले घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्नैपर्छ ? भर्ना गरेर अक्सिजन, अन्य उपचार लिन नपाउँदा के गर्ने भन्ने उपाय सुझाएका छन्।
यस्तो छ डा सुवेदीको सुझाव :
घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्नैपर्छ ?
(अस्पतालमा भर्ना गरेर अक्सिजन, अन्य उपचार लिन नपाउँदा)
उत्तरः स्टेरोइड औषधी खान सुरु गरिहाल्ने। यो कोभिडको सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधी हो।
याद रहोस्, अक्सिजन नघटी यो सुरु गरे हानी हुनसक्छ, तर अक्सिजन घट्न थाल्ने बित्तिकै यो औषधी सुरु गर्दा प्राण जोगाउन मद्दत गर्ने देखिएको छ।
अक्सिमिटरले अक्सिजनको लेबल ९२ वा कम देखायो (मेसिन औंलामा कम्तीमा ३० देखि ६० सेकेन्ड राखेपछि) भने अक्सिजन कम भएको मानिन्छ।
कि त Tab Methylprednisolone 32 mg (१६ mg को २ चक्की वा ८ mg को ४ चक्की) एकैचोटी दिनको १ पटक,
कि त Tab Dexamethasone 6 mg (०.५ mg का १२ चक्की) एकैचोटी दिनको १ पटक,
कि त Tab Prednisolone 40 mg दिनको १ पटक खाना पछि खाने।
मधुमेहका औषधीको डोज बढाउने वा केही दिनलाई इन्सुलिन लिनुपर्ने हुन सक्छ।
औषधी खान थाले पनि अक्सिजनको जोहो गर्न वा अस्पतालमा भर्ना गर्ने कोशिश गर्न भने छोड्नु हुँदैन। तर यो औषधी शुरु गर्दा रोगको वेग केही मत्थर हुने, समय गुजार्न सकिने र केहीलाई चाहिं अक्सिजन सुरु गर्नै नपर्ने हुन सक्छ।
यी औषधी बजारमा प्रशस्त छन्। सबैले आफूलाई आवश्यक परेको बेलामा मात्र किन्न गएमा यसको अभाव हुने गुञ्जायस छैन। अनावश्यक रूपमा पहिले नै थुपारेर कृत्रिम अभाव नगराऔं।
असाध्यै जटिल बन्दै गएको परिस्थितिमा, अस्पताल भर्ना गरेर उपचार गर्न नपाएर छटपटाइरहेका दर्जनौंलाई यसै गरी उपचार गर्न सल्लाह दिइरहनुपरेकोले अरू असङ्ख्य मानिस यस्तै परिस्थितिमा भएको आँकलन गर्दै, सायद नेपाल मेडिकल काउन्सिलका केही नियम तोड्दै, लेख्नै पर्ने भएकोले यो लेख्दैछु।
Related News
सम्बन्धित समाचार
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
किरिया बसेका दाजुभाइ परीक्षामा
सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
बजेट अभावमा नगर अस्पतालको काम रोकियो
hero news full width
मुख्य समाचार
एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
एमाले कास्की अध्यक्षमा बैनबहादुर विजयी
चैत्र १४, २०८०तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल
चैत्र १४, २०८०बाँदरसँग आजित किसानले गुहारे कानुन मन्त्री, भन्छन् : बाँदर मार्ने कानुन बनाइदेउ
चैत्र १४, २०८०एमाले कास्कीमा नयाँ नेतृत्वका लागि मतदान
चैत्र १३, २०८०कास्की कारागारमा आँखा शिविर, १ सय ८८ जनाको आँखा परीक्षण
चैत्र १३, २०८०