कोरोना खोप नयाँ भेरियन्टलाई पनि प्रभावकारी हुने

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७८
khop

फाइल तस्बिर

पोखरा । स्वास्थ्य मन्त्रालयले नयाँ प्रजातिको भाइरसलाई पनि खोप प्रभावकारी भएको बताएको छ।

स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले खोप लगााएका व्यक्तिमा नयाँ प्रजातिको संक्रमण हुँदा सिकिस्त हुने दर खोप नलगाउने व्यक्तिको तुलनामा कम हुने बताए।

नयाँ प्रजातिको भाइरस एकअर्कामा सर्ने दर उच्च रहेकाले सकभर घरबाट बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

साथै यस प्रकृतिका संक्रमण भएका व्यक्तिमा संक्रमणको जोखिम बढि हुने र संक्रमण भइरहेको छ भने जटिलता पनि अलि बढी हुने पाइएको प्रवक्ता गौतमले बताए।

डा।गौतमका अनुसार नयाँ भेरियन्टबाट पनि बच्ने उपाय भनेको दुरी कायम गरेर बस्ने, तीन लेयरको मास्क लगााउने, भीडभाडबाट टाढा रहने, खोक्दा र हाछिँउ गर्दा मुख छोप्ने र बेलाबेलामा हात सफा गर्ने हो।

Related News

सम्बन्धित समाचार

  • रोजगार खोज्दै मेलामा

    विजय नेपाल वैशाख १२, २०८१
    पोखरा । पोखरा मालेपाटनकी ४० वर्षीया संगीता केसीले केही नोकरी पाइन्छ कि ? भन्दै मंगलबार एक स्टल सञ्चालकसमक्ष जिज्ञासा राखिन्…
  • कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    चितवन । चितवनमा रहेका २ हात्ती कतारलाई उपहारस्वरुप पठाउने तयारी गरिएको छ । कतारका अमीर (राजा) शेख तमिम बिन हमाद…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…

hero news full width