लकडाउन खुलेको ३० दिनपछि मात्रै कर लिने व्यवस्था गर्न सर्वोच्चको आदेश

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७८
supreme court

पोखरा ।  सर्वोच्च अदालतले लक डाउन खुलेको एक महिनापछि मात्रै कर लिने व्यवस्था गर्न सरकारलाई आदेश दिएको छ।

गतवर्ष लकडाउन हुँदा पनि व्यवसायीहरुलाई कर तिर्न छुट दिएकाले यसपटक पनि उक्त सुविधा पाउनु पार्ने ठहर सर्वोच्चले गरेको हो।

अधिवक्ता सिर्जना अधिकारीलगायतले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश मिरा खड्काको एकल इजलालले बन्दाबन्दी पूर्णरुपमा खुलेको एक महिनापछि मात्रै मृल्य अभिवृद्धि कर (भ्याट) र अरु किसिमका कर लिन भनेको हो।

जारी गरिएको आदेशमा उल्लेखमा भनिएको छ, ‘निषेधाज्ञा वा बन्दाबन्दी लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्नु नगराउनु बन्दाबन्दी पूर्ण रुपमा खुलेपछि बाटोको म्याद बाहेक ३० दिन भित्र विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउनु भनी विपक्षीहरुको नाममा ‘नाउँमा अन्तरिम आदेश जारी गरी दिएको छ।’

सर्वोच्चले विभिन्न ऐनमा कर तिर्नका लागि दिन सकिने छुट अवधिको समेत प्रयोग गरी उद्योगी व्यवसायीलाई राहत दिन भनेको छ।

आर्थिक ऐन, २०७७ को दफा १९(१) मा मूल्य अभिवृद्धि कर ऐन, २०५२, अन्तःशुल्क ऐन, २०५८, आयकर ऐन, २०५८ भन्सार ऐन, २०६४ तथा यस ऐनको कार्यान्वयनको क्रममा सार्वजनिक शान्ति र व्यवस्थामा गम्भीर खलल पुगेको वा सार्वजनिक आवागमनमा अवरोध भएको वा विपद्को कारणले उल्लिखित ऐनले प्रदान गरेको कुनै सुविधा उपभोग गर्न नपाउने अवस्था सिर्जना भएमा त्यसको प्रयोगका लागि सरकारको ध्यानाकर्षण गराएको छ।

आदेशमा भनिएको छ, ‘अतः अहिलेको कोरोनाको महामारीको परिस्थितिलाई मध्यनजर गरी उक्त दफा कार्यान्वयन गर्न गराउनको निमित्त आवश्यक व्यवस्थासमेत यथाशिघ्र गर्नु गराउनु भनी नेपाल सरकारको नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (३) बमोजिम आदेश जारी गरिदिएको छ नियमानुसार पेश गर्नू।’

Related News

सम्बन्धित समाचार

  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य

    आदर्श समाज सम्वाददाता माघ १८, २०८१
    पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन्…
  • पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति

    आदर्श समाज सम्वाददाता माघ १६, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारको गौरवको आयोजना हो–प्रदेश औद्योगिक क्षेत्र निर्माण । २०७४ सालमा सरकार गठन भएकै समयमा नवलपुरको लोकाहाखोला…
  • नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नदीपुरस्थित नेपाल भारतमैत्री पुस्तकालय सहजरुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री…
  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…

hero news full width