हेमजा । नेलम्बो नेपालले बुधबार रुपा गाउँपालिका र धम्पुसमा स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ । संस्थाका अध्यक्ष एकदेव देवकोटाले रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा र माछापुच्छ्रे–७, धम्पुसका वडाध्यक्ष समबहादुर गुरुङलाई सामग्री हस्तान्तरण गरेका हुन् ।त्यस अवसरमा प्रदान गरिएका सामग्रीको विवरण नेलम्बोका कार्यक्रम संयोजक डा. किसन कोइरालाले प्रस्तुत गरेका थिए ।
रुपा गाउँपालिकालाई पिपिइ, फेस सिल्ड, माक्स, सेनिटाइजर, सेनिटाइजर स्टान्ड, अक्सिमिटर, स्प्रे बोतल, साबुन समेत गरी ९४ हजार तथा धम्पुसमा २२ हजार रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइएको हो ।
कार्यक्रममा धारणा राख्दै गाउँपालिका अध्यक्ष ओझाले सहयोग प्रति आभार प्रकट गर्दै नेलम्बोसँग सहकार्य गर्दै जाने बताए । उनले प्राप्त सामग्रीको सदुपयोग गरिने विश्वास पनि दिलाए ।
धम्पुसका वडाध्यक्ष समबहादुर गुरुङले महामारीको समयमा अग्रपंक्तिमा खटिनेहरुलाई लक्ष्य गरी नेलम्बोले सहयोग गर्दै आएको स्पष्ट पार्दै यसको मूल्यांकन वडावासीले गरिरहेको औंल्याए ।
नेलम्बोका अध्यक्ष देवकोटाले सरकार, संघसंस्था र नागरिक बीचको हातेमालोबाट मात्रै महामारीविरुद्घ लड्न सकिने धारणा राखे । उनले गाउँपालिका र वडासँग सहकार्य गर्न संस्था तयार रहेको पनि स्पष्ट पारे ।
यसैबीच बुधबारै नेलम्बो नेपालले रुपा गाउँपालिकालाई अस्थायी कोभिड अस्पताल सञ्चालन सहजताका लागि ३ लाख सहयोग गर्ने घोषणा पनि गरेको छ । जुन रकमबाट अस्पतालमा अक्सीजन पाइपलाइन जडान, अन्य पूर्वाधार निर्माण तथा आवश्यक सामग्री खरिद गर्न सक्ने गरी सम्झौता पनि भएको छ ।
४ वर्ष अघि स्थापित नेलम्बोले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ । स्वास्थ्य अन्र्तगत पहिलो चरणमा पनि संस्थाले कोरोना भाइरस विरुद्घका स्वास्थ्य सुरक्षाका सामग्री स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्य कर्मी, सञ्चारकर्मी र सुरक्षा निकायलाई प्रदान गरेको थियो ।
Related News
सम्बन्धित समाचार
डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
hero news full width
मुख्य समाचार
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
फागुन १, २०८१