पोखराको प्रदर्शनी केन्द्रमा स्वाब दिन लाइनका बसेका सर्वसाधारण । फाइल तस्बिर
पोखरा । पोखराकी माया बरालले पिसिआर चेक गर्नका लागि गत बिहीबार स्वाब दिइन् । बुधबार बेलुकीसम्म उनको रिपोर्ट आएको छैन । उनको पहिलो पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो । दोस्रो रिपोर्ट राम्रो नै थियो तर शतप्रतिशत ठीक भएको थिएन । आफूलाई पोजेटिभ देखिएपछि उनले कन्ट्याक्ट ट्रेसिङमा परेका परिवारका सदस्यहरुको प्राइभेटमा जाँच गराइन् ।
निजीमा स्वाब दिँदा महँगो परेपछि सरकारीमै गरौं भनेर बिहीबार स्वाब दिइन् तर रिपोर्ट १ हप्तासम्म पनि नआएको नेपाल महिला संघ पोखराकी सभापतिसमेत रहेकी बरालले बताइन् । समयमै रिपोर्ट नआउँदा सन्चो भए पनि यताउता गर्न समस्या परेको उनको भनाइ छ । ‘धेरै समस्या छ, सन्चो भए पनि छुट्टै बस्नु परेको छ,’ उनले भनिन्, ‘मसँगै त्यो दिन स्वाब दिनेहरु २ सय जति थिए, ती गरिब नसक्नेहरुको हालत के भयो होला ?’ कोरोना बढिरहेको अवस्थामा रिपोर्ट आउन ढिला हुने भए पनि धेरै ढिलो गर्न नहुने उनको भनाइ छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा खानेपानी, बिजुलीभन्दा पनि ढिलो काम गरेको उनले आरोप लगाइन् । ‘पानी बिजुलीको त लाइन काटिएपछि पैसा तिरेको १÷२ दिनमा नै लाइन जोडिन्छ है,’ उनले भनिन्, ‘स्वास्थ्यको ममलामा सरकार किन ढिलो गरिरहेको छ ।’
बुधबार नै नेकपा एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ ले पनि फेसबुकमा स्टाटस पोस्ट गर्दै पिसिआर रिपोर्ट छिटो छरितो गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । उनको भनाइअनुसार स्याङ्जाबाट स्वाब संकलन गरी पठाएको १०÷११ दिनसम्म रिपोर्ट आएको छैन । ‘जिल्लाभित्र कोरोना संक्रमणको लक्षण देखिएकाको स्वाब संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइयो,’ उनले भने, ‘तर समयमा त्यसको रिपोर्ट आएन, जिल्लाका दुर्गम पालिकाबाट पठाएका स्वाबमा त झनै समस्या भएको छ ।’
स्वाबको नमुना धेरै र जनशक्ति कम भएको कारण परीक्षणमा ढिला भएको दाबी
कतिपय संक्रमणको शंका भएकाहरु रिपोर्ट नआउँंदै निको भएका छन् । कतिपय सिकिस्त भएर अस्पतालमा उपचार गर्दै छन् केही संक्रमितको रिपोर्ट नआउँंदै मृत्यु हुन पुगेको गैह्रेले जनाए । जसले संक्रमितको उपचार र महामारी नियन्त्रणमा नै गम्भीर असर गर्न पुगेको उनी बताउँछन् । जनस्वास्थ्य प्रयोगशालामा जनशक्ति, प्राविधिक वा इच्छा शक्ति केमा समस्या भएको हो यो बिषयमा बुझेर समस्या समाधान गर्नुपर्ने उनको सुझाव छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्मालाई फोन गर्दा हुन्छ भन्ने जवाफ आए पनि समस्या ज्युँ का त्युँ रहेको उनले बताए ।
‘महामारीको रुप लिएको संक्रमणको विषयमा जनस्वास्थ्य प्रयोगशालाबाट भएको गैरजिम्मेवारी कार्यको कसरी सुधार गर्न सकिन्छ यो बारेमा सोच्नुपर्छ,’ उनले भने, ‘आधारभूत समस्या, आवश्यकता र कर्मचारीको लापरबाही के कारणले यस्तो अवस्थाको सिर्जना भएको हो ? तुरुन्त हल गर्न प्रदेश सरकारलाई ध्यानाकर्षणको लागि अनुरोध गर्दछु ।’
सरकारी ल्याबबाट रिपोर्ट आउन १ हप्ताभन्दा बढी समय लाग्छ तर निजी ल्याबहरुले केही घन्टादेखि बढीमा २४ घन्टाभित्रै रिपोर्ट दिने गरेका छन् । सरकारले २ हजार तोके पनि उनीहरुले त्योभन्दा बढी लिइरहेका छन् । यसरी निजीबाट केही घन्टामै रिपोर्ट आउनु र सरकारीमा हप्ता दिनभन्दा बढी लाग्नुले स्थानीयमा कतै आर्थिक चलखेल भएको त छैन ? भन्ने शंका गर्न थालेका छन् ।
यसबारेमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराकी प्रमुख सपना सुवेदीले भने स्वाबको नमुना धेरै र जनशक्ति कम भएको कारण परीक्षणमा ढिला भएको बताउँछिन् । ‘हाम्रोमा दैनिक दैनिक १५–१६ सय स्वाब आइरहेको हुन्छ कहिलेकाहीँ त १८ सय सम्म आएको रेकर्ड छ,’ उनले भनिन्, ‘ल्यावले बढीमा दैनिक १ हजार स्याम्पलमात्र परीक्षण प्रोसेस गर्न सक्छ ।’
जनशक्ति कम भएका कारण अस्पतालमा उपचाररत बिरामीहरुका स्याम्पल प्राथमिकताको आधारमा परीक्षण गरी नतिजा दिने व्यवस्था मिलाइएको उनले बताइन् । अस्पतालमा उपचाररतको प्राथमिकतामा पर्दा कन्ट्याक्ट ट्रेसिङ र अन्यको ढिला भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा अहिले १२ जना कर्मचारी कार्यरत छन् । थप कर्मचारीको करार नियुक्त प्रक्रिया अन्तिम चरणमा पुगेको सुवेदीले बताइन् ।
प्रदेशको नवलपुर र बागलुङमा पनि पिसिआर परीक्षण मेसिन भए पनि अन्तिम नतिजा पोखराबाटै हुने उनको भनाइ छ । प्रदेशभरमा निजी क्षेत्रको ल्याब लाइफ केयर डायग्नोस्टिकमात्र भएको उनले बताइन् ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
नमस्ते हस्पिटल १३ औं वर्षमा
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१