हाम्रो परिर्वतन नेपालद्वारा हेम्जामा २ सय १० जनाको स्वाब संकलन

आदर्श समाज सम्वाददाता
जेठ ५, २०७८
hamro paribartan

पोखरा । हाम्रो परिर्वतन नेपालले पोखरा २५ को विभिन्न ठाउँमा २ सय १० जनको स्वाब संकलन गरेको छ ।

हाम्रो परिर्वतन नेपालद्वारा आयोजना गरिएको निशुल्क पिसिआर सेवा अन्तरगत पोखरा २५ मा रहेको ,गौरीशंकर माविमा १ सय ३६ जनाको र अम्बिका माविमा ७४ जनाको स्वाब संकलन गरिएको छ ।

यसअघि संस्थाले गत  आइतबार पोखरा २४ र १८मा गरेर १ सय ६ जनाको निशुल्क स्वाब संकलन गरेको संस्थाका अध्यक्ष डाक्टर ढाकाकुमार श्रेष्ठले जानकारी दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा मानगरपालिकाको सहकार्यामा उक्त परीक्षण गरिएको हो । संस्थाले आगामी शनिबार पोखरामा विभिन्न ठाउँमा खाद्यान्र वितरण गर्ने तय भएकाे  सचिव हरि कार्कीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width