स्याङ्जा । आँधीखोला गाउँपालिकाका स्थानीयबासीको शव अन्त्येष्टि कार्यमा अवरोध गरेपछि मृतकका घर नजिककैको सार्वजनिक स्थलमा व्यववस्थापन गरिएको छ ।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेपछि मात्र शव व्यवस्थापनमा सहज बनेको थियो । पालिकाका अध्यक्ष सुधीरकुमार पौडेल, उपाध्यक्ष शर्मिला पौडेललगायत जनप्रतिनिधि र कर्मचारी मिलेर शव व्यवस्थान गरेका छन् ।
गाउँपालिका २ चिलाउनेबासका ९३ वर्षीया वृद्धाको मंगलबार निधन भएपछि आफन्तले शव नउठाएको र व्यवस्थापनका लागि आँधीघाटमा लान पनि नदिएपछि शव व्यवस्थापन कठिनाइ भएको थियो ।
लामोसमयदेखि बिरामी ती वृद्धाको मंगलबार बिहान निधन भएको हो । १ दिनअघि सोमबार उनका छोरा बुहारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । तर, ती वृद्धाको भने पिसिआर परीक्षण नभएको पालिकाले जनाएको छ ।
मृत्युपछि उनको शव आँधीखोलास्थित घाटमा लैजाने प्रयास भए पनि गाउँलेले अवरोध गरे । एकाघरका छोरा बुहारीमा संक्रमण पुष्टि भएकाले आमामा पनि संक्रमण हुन सक्ने भन्दै गाउँलेले शव व्यवस्थापनमा अवरोध गरेका हुन् ।
शवको व्यवस्थापन जसरी पनि गर्नु नै पर्ने भएपछि गाउँपालिकाले जिम्मा लियो । जनप्रतिनिधि, प्रहरी र स्वास्थ्यकर्मीसहितको टोलीले सार्वजनिक स्थलमा खाडल खनेर शव व्यवस्थापन गर्ने निर्णयबमोजिममा काम गरिएको आँधीखोलाका अध्यक्ष सुधीरकुमार पौडेलले बताए ।
‘बिहान ७ बजेदेखिको शव व्यवस्थापनको किचलोले दिनै गयो, साँझको ७ बजेतिर पालिकाले खाल्डो खनेर शव व्यवस्थापन गरियोेें’ अध्यक्ष पौडेलले भने ‘संक्रमित छोरा बुहारीलाई संक्रमणको चिन्ता त थियो भने गाउँलेको दूव्र्यवहार भने चुप लागेर हेरेरै बस्न बाध्य भए ।’
यसअघि यस प्रकृतिको आँधीखोला ४ को सेपतमा पनि भएको उपाध्यक्ष पौडेलले बताइन् । संक्रमितसँगै रहूँ नजिक जाऊँ भन्न खोजेको त होइन । तर, कोरोना लागेकै कारण घर र व्यक्तिलाई अपहेलना गर्ने प्रवृत्तिले समाज कता जाँदै छ भन्ने उनले चिन्ता व्यक्त गरिन् ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
ज्येष्ठ नागरिक समाजबाट सम्मान
प्रेस चौतारीबाट पत्रकार पौडेल र गुरुङ सम्मानित
सल्युट गोर्खाको रक्तदान
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१