मन्त्रिपरिषदको पहिलो बैठक : योजना आयोगमा पदाधिकारी र राजनीतिक सल्लाहकार नियुक्त

आदर्श समाज सम्वाददाता
जेठ ५, २०७८
ramsharan

पोखरा । मन्त्रीहरुले सपथ खाएलगत्तै गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद बैठक बसेको छ । बैठकले नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरिधारी शर्मा पौडेल र सदस्यमा डा. विष्णुराज बराललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्रीको राजीनामासँगै उनीहरुको पद गएको थियो । माओवादी कोटाबाट परेकी पहिलाकी सदस्य डा. भीमा ढुंगानाले भने मुख्यमन्त्रीले धन्यवाद दिएर हिँडिसकेकी छन् ।

यसैगरी मुख्यमन्त्रीको सल्लाहकारमा लमजुङ सुन्दरबजारका डा. भीष्म अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । संविधानसभा सदस्य भइसकेका अधिकारी लमजुङ दुराडाँडाका हुन् । उनले राज्यमन्त्री सरह सुविधा पाउनेछन् ।

सरकारले प्रदेशका मन्त्रालय थप्ने निर्णय गरे पनि कति मन्त्रालय थपिए भन्ने बारेमा मन्त्री बस्नेतले केही बताएनन् । बस्नेत आजकै मन्त्रिपरिषद बैठकको निर्णयबाट प्रवक्ता भएका हुन् ।

Related News

सम्बन्धित समाचार

  • डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । डिपेन्डेन्ट भिसामा विदेश लैजान्छु भनी ठगी गरेको आरोपमा २ जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको…
  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…
  • सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सराङकोट धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको बताएका…

hero news full width