पोखरा । गण्डकीमा प्रदेशमा मन्त्रालय थपिने भएका छन् । सत्ता टिकाउनका लागि सामाजिक विकास मन्त्रालय फुटाएर राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्तीमा १० वटा मन्त्रालय बनाउने भएका छन् । हाल प्रदेशमा ८ मन्त्रालय छन् ।
त्यसो त यही आर्थिक वर्षको सुरुमा नै उनी मन्त्रालय फुटाउने र कार्य प्रगतिका आधारमा मन्त्री पनि फेर्ने सोचमा थिए । पार्टीका केन्द्रमा व्याप्त विवादले उनको योजना पूरा हुन सकेको थिएन ।
सामाजिक विकास मन्त्रालय फुटाइसकेका उनले अब उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर कम्तीमा १० वटा मन्त्रालय पुर्याउन लागेका हुन् ।
आज दिउँसाे ३ बजे पहिलाकै मन्त्रीहरुलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाउने कार्यक्रम छ । किरण गुरुङले आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा सपथ खाने भए पनि बाँकीले विना विभागीय मन्त्रीका रुपमा सपथ खानेछन् । रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन सपथमा सहभागी हुँदैछन् । अर्का सांसद राजीव गुरुङ (दीपक मनाङे) भने काठमाडौं रहेकाले सपथमा सहभागी हुनेछैनन् । २६ गते मुख्यमन्त्रीले राजीनामा दिएसँगै उनीहरुकाे पद खुस्केकाे थियाे ।
आजै बस्ने मन्त्रीपरिषद बैठकले मन्त्रालयको टुंगो लगाउने र जिम्मेवारीसमेत बाँडफाँट गर्ने भएको स्रोतले बताएको छ ।
Related News
सम्बन्धित समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
hero news full width
मुख्य समाचार
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१