प्राकृतिक चिकित्सालयलाई अक्सिजन सिलिण्डर प्रदान   

आदर्श समाज सम्वाददाता
जेठ ५, २०७८
Oxygen cylender

नवलपुर ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अफ्रिकाले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई अक्सिजनसहितको सिलिण्डर प्रदान गरेको छ । कोभिडका बिरामीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले १० थान अक्सिजन सिलिण्डर प्रदान गरिएको हो ।

एनआरएनए दक्षिण अफ्रिकाका अध्यक्ष देवी पौडेलको पहलमा त्यहाँ कार्यरत नेपालीले संकलन गरेको २ लाख ५ हजार लागतमा उक्त सामग्री अस्पताललाई प्रदान गरिएको हो । अक्सिजन अभावका कारण कोभिड सङ्क्रमितहरुको अकालमै मृत्यु भएको खबरले पिरोलिएपछि केही भए पनि जीवनरक्षाका लागि टेवा पुगोस् भन्ने हेतुले सहयोग गरेको अध्यक्ष पौडेलले बताउनुभयो ।

एनआरएनए दक्षिण अफ्रिकाले मातृभूमिमा अक्सिजन सहयोग अभियान थालनी गरी कैलाली, नेपालगञ्ज, पाल्पा, गुल्मी, स्याङ्जा, चितवन, बारा, पर्सा, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) गरी १० जिल्लालाई ४५० थान अक्सिजन सिलिण्डर प्रदान गरेको पौडेलले बताउनुभयो ।

यस अभियानमा एनआरएनए दक्षिण अफ्रिकाका संयोजक रोशन थापाको अगुवाइमा अध्यक्ष पौडेलसहित नाइजेरियाका हिक्मत थापा, कङ्गोका अध्यक्ष अमृत क्षेत्री, एनसीसीका बन्दना प्रजापति, वासुदेव घिमिरे, राजकुमार पाल्पाली बस्याल, प्रभा बस्याललगायत क्रियाशील रहेका छन् ।

अक्सिजन सिलिण्डर ग्रहणपश्चात सामुदायिक प्राकृतिक चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्रीले आफ्नै रोजगारी अनिश्चित भएको विश्वकै जटिल परिस्थितिमा पनि आफ्नो मातृभूमिलाई सम्झेर सहयोग गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।   रासस

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । विश्व सिमसार दिवस अवसरमा पोखराको प्रतिभा माविमा जलवायु परिवर्तन, सिमसार क्षेत्रको संरक्षणलगायत विषयमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • ‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । त्रिभुवन विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय खडा गरिएपछि त्यसको विरोध भएको छ । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति,…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • नमस्ते हस्पिटल १३ औं वर्षमा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नमस्ते हस्पिटल एण्ड रिसर्च सेण्टरले १३ औं स्थापना दिवस सोमबार मनाएको छ । दिवस अवसरमा नवनिर्मित अत्याधुनिक भवनसमेत…

hero news full width