सभापति देउवाद्वारा नेता गजिन्द्र मल्लको निधनप्रति दुःख व्यक्त   

आदर्श समाज सम्वाददाता
जेठ ५, २०७८
gajendra malla

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, महासमिति सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य भागवत प्रकाश मल्लका पिता गजिन्द्रप्रकाश मल्लको निधनप्रति दुख व्यक्त गरेका छन् । मल्लको मंगलबार  जेठ ४ गते निधन भएको हो ।

सभापति देउवाले आज एक शोक वक्तव्यर्फत मल्लको निधनको खबरले आफूलाई दुःखीत र मर्माहत बनाएको उल्लेख गर्दै उहाँको आत्माको चिर शान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । मल्ल जिल्ला विकास समिति स्याङ्जाको पूर्वसदस्यसमेत हुन् ।

मल्लले कांग्रेसको सङ्गठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनहरुमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनबाट पार्टीले एक अग्रज अनुभवी व्यक्तित्वलाई गुमाएको बताएका छन् । सामाजिक र विकास निर्माणका क्षेत्रमा समेत मल्लको सक्रिय योगदान थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width