गण्डकीमा पुरानै मन्त्री दोहोरिने, २ बजेपछि सपथ

आदर्श समाज सम्वाददाता
जेठ ५, २०७८
Gandaki Cabinet building

पोखरा । गण्डकी प्रदेशमा पुरानै मन्त्रिमण्डलले निरन्तरता पाउने भएको छ । वैशाख २६ गते मुख्यमन्त्रीबाट राजीनामा दिएपछि पद खुस्केका मन्त्रीहरुले फेरि निरन्तरता पाउने भएका हुन् ।

उनीहरुको सपथ आजै २ बजेपछि प्रदेश प्रमुखको निवासमा हुने भएको छ ।

अविश्वास प्रस्तावमा मतदान हुने दिन अगावै २६ गते राजीनामा दिएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ २९ गते पुन नियुक्त भएका थिए ।

गुरुङ सरकारमा आर्थिक मामिला तथा याेजना मन्त्री किरण गुरुङ थिए । भाैतिक पूर्वाधार तथा निर्माणमा रामशरण बस्नेत,उद्याेग पर्यटन वन तथा वातावरणमा विकास लम्साल, सामाजिकमा नरदेवी पुन मगर थिए । माओवादीका हरिबहादुर चुमान र लेखबहादुर थापा बाहिरिएपछि आन्तरिक मामिला तथा कानुन र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली छन् ।

सरकार अप्ठेराेमा परेपछि मुख्यमन्त्रीले विवादित छवीका राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री बनाएका थिए । सपथ खाएको १० दिन पछि उनकाे पद खुस्केको थियो । सामाजिक मन्त्रालय फोरेर उनलाई मन्त्री बनाइएको हो ।

बहुमतीय सरकार निर्माणका लागि प्रदेश प्रमुखले गरेको आह्वान अनुसार दलहरु सक्षम नभएपछि गुरुङले पुन निरन्तरता पाएका हुन् । कांग्रेससहित ३ दलले बहुमतीय सरकारका लागि दाबी पेस गरे पनि उनीहरुले हस्ताक्षर भने बुझाउन सकेका थिएनन् ।

मुख्यमन्त्रीले आइसोलेसनमै रहेका बेला सपथ खाए पनि मन्त्रीमण्डल विस्तार गर्न भने सकेका थिएनन् । आज उनले मन्त्रिमण्डल विस्तार गर्ने र पुरानै मन्त्रीलाई दोहोर्‍याउने मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।

असार १ मा बजेट ल्याउनु अगावै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने छ । यसका लागि केही मन्त्रालय खाली राखेर साना दललाई फकाउने अनुमान गरिएको थियो । तर अनुमानभन्दा पर पुगेर उनले पुरानैलाई निरन्तरता दिएका छन् । बजेट ल्याउने बेला भएको र पहिला काम गरेका मन्त्रीले नै सबै कुरा बुझेको भएकाले उनीहरुलाई नै ल्याउन लागेका बताइएको छ ।

१ महिनाभित्रमा मुख्यमन्त्रीले विश्वासको मत लिन नसकेमा अर्को सरकार बनाउने अन्तिम प्रयास हुने छ । त्यो सरकारले पनि विश्वासको मत लिन नसकेमा प्रदेश मध्यावधि निर्वाचनमा जाने निश्चित छ ।

३ सांसद भएको राष्ट्रिय जनमोर्चाले केन्द्र र प्रदेशमा ओली सरकार र उनका समर्थकलाई समर्थन नदिने बताएसँगै गण्डकीमा गुरुङ सरकार धरापमा परेको थियो । जनमोर्चाका ३ सांसदमध्ये २ सांसदले ढुलमुले नीति दिएका कारण न त गुरुङ सरकारले बहुमत ल्याउन सक्यो न त विपक्षी गठवन्धनको सत्ता मोह पूरा भयो ।

Related News

सम्बन्धित समाचार

  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…
  • सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सराङकोट धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको बताएका…
  • पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय आयोजनामा लम्भी हिलमा बिहीबारदेखि श्रीमद्भागवत् गीता ज्ञानमहायज्ञ सुरु भएको छ । कलश यात्रा गरी सुरु…

hero news full width