फाइल तस्बिर
पोखरा । नियम, कानुन अनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्छ । त्यो भन्दा १५ दिन अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्छ । बजेट ल्याउन महिना दिन पनि बाँकी छैन । आन्तरिक तयारी गरे पनि मन्त्री नहुँदा बजेट र नीति तथा कार्यक्रम निर्माणमा सरकारलाई सकस छ । मुख्यमन्त्रीले सपथ लिएको १ साता बित्यो । सपथ लिएको दिनदेखि मुख्यमन्त्री मन्त्रालय गएका छैनन् । कोरोना संक्रमणपछि आइसोलेसनमा बसेका उनी आइसोलेसनबाटै सपथ लिन पुगेका थिए । स्वास्थ्यमा थप समस्या देखिएपछि उनी निवासमै आराम गरी बसेका छन् । बजेट निर्माणको पूर्व तयारी धमाधम चलिरहेको छ । मन्त्रालयमा मन्त्री छैनन् ।
मुख्यमन्त्री आइसोलेसनमा रहेकै कारण सरकार विस्तारमा विलम्म भएको हो । गुरुङको स्वास्थ्यमा क्रमिक सुधार आएको उनको सचिवालयले जनाएको छ । अहिले पार्टीका नेताहरुसँग आन्तरिक छलफलमा जुटेका छन् । ‘सम्भवतः बुधबार केही मन्त्रीहरु नियुक्त हुने सम्भावना छ । अर्थ मन्त्री लगभग नियुक्त हुनुहुने छ,’ स्रोतले भन्यो, ‘अहिले पूर्ण मन्त्रीमण्डल विस्तार गर्ने कुरा छैन । थोरै मन्त्रीबाट आन्तरिक काम हुनेछ ।’
अर्थ मन्त्रीमा किरण गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्रीमा रामशरण बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा राजीव गुरुङ (दीपक मनाङे) लाई निरन्तर गर्ने तयारी छ
भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालेका पूर्व मन्त्री रामशरण बस्नेत सरकार गठनबारे औपचारिक निर्णय नभएको बताउँछन् । ‘मुख्यमन्त्री ज्यूको पूर्ण अधिकारको कुरा हो । उहाँले कसलाई बनाउने, कहिले बनाउने निर्णय छिट्टै गर्दै हुनुहुन्छ,’ उनले भने, ‘आन्तरिक परामर्शमै हुनुहुन्छ । अब धेरै ढिलो जाँदैन ।’ एमालेका प्रदेश सांसदहरुले सोमबार मुख्यमन्त्रीलाई भेटेरै मन्त्रीमण्डल बनाउन धेरै विलम्ब नगर्न सुझाएका थिए । ‘उहाँको स्वास्थ्य अवस्था बुझ्न गएका थियौं । संयोगवशः मन्त्री मण्डलका कुरा पनि आए,’ सत्ता पक्षका प्रमुख सचेतक मायानाथ अधिकारीले भने, ‘अब ढिलो गर्नु हुँदैन भनेर सुझाव दिएका छौं । पात्रका कुरामा हामीले केही भनेनौं ।’
स्रोतका अनुसार बुधबार थप तीन मन्त्रीले सपथ लिने छन् । अर्थ मन्त्रीमा किरण गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्रीमा रामशरण बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा राजीव गुरुङ (दीपक मनाङे) लाई निरन्तर गर्ने तयारी छ । सामाजिक विकास मन्त्री नरदेवी पुन र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल दोहोरिने सम्भावना कम छ । यद्यपि पुरानै मन्त्रीमण्डललाई निरन्तरता दिन पार्टीभित्रबाट दबाब दिइएको छ ।
अब बजेट केन्द्रित संसद अधिवेशन बोलाउने बेला भइसकेको छ । सरकारलाई बजेटको भन्दा सत्ता जोगिने वा ढल्ने भन्ने चिन्ता छ । किनकि बजेट ल्याउनु अघि नै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिँदा आवश्यक पर्ने बहुमत पु¥याउन मुख्यमन्त्रीलाई अंक गणितको हिसाबले निकै कठिन छ । किनकि उनलाई आवश्यक पर्ने ३१ मत विपक्षीसँग छ । गुरुङसँग स्वतन्त्रसहित २८ सांसद छन् ।
जनमोर्चाले आफ्ना कृष्ण थापालाई कारबाही नगरे उनले मुख्यमन्त्री गुरुङलाई नै समर्थन गर्ने सार्वजनिक घोषणा गरिसकेका छन् । अर्का सांसद खीमविक्रम शाही पनि एमाले सरकारको पक्षमा छन् । यद्यपि उनले आफू पार्टी ह्वीपको पक्षमा रहेको बताएका छन् । जनमोर्चाले गुरुङलाई दिएको समर्थन फिर्ता लिने र गुरुङ विरुद्धको गठबन्धनमा समर्थन गर्न निर्देशन गरेको छ । पार्टीको निर्देशन थापाले मानेनन् ।
अहिले मुख्यमन्त्री गुरुङ जसपा र जनमोर्चाका सांसद फकाउने कसरतमा छन् । उनको पद जोगिन विपक्षीमध्ये कुनै पार्टी वा सांसदले समर्थन गर्नैपर्छ । जेठ २८ गतेसम्म उनले विश्वासको मत लिनुपर्छ ।
जनमोर्चासँग औपचारिक कुराकानी भने नभएको सचेतक पियारी थापा बताउँछिन् । ‘औपचारिक कुरा भएको छैन । त्यसमाथि हाम्रो पार्टी केन्द्रीय समितिको निर्णयका आधारमा चल्छ । माथिबाट वक्तव्य आयो भने थाहा हुन्छ, उनले भनिन्, ‘अहिलेसम्म एमालेलाई नसघाउने नै अन्तिम बटम लाइन हो ।’ पार्टी ह्विप विपरीत लागेर दलको नेताबाट निकालिएका सांसद कृष्ण थापालाई सांसदबाट हटाउने तयारी भइरहेको जनमोर्चाले जनाएको छ ।
जसपा सांसद धनमाया लामा पनि औपचारिक छलफल नभएको बताउँछिन् । अनौपचारिक रुपमा भने सत्ता साझेदारीको प्रस्ताव आएको उनले सुनाईन् । ‘औपचारिक बैठक भएको छैन । सहयोग गर्नुपर्छ त भनिरहनु भएको छ,’ उनले भनिन्, ‘रोजेर मन्त्रालय लिनुस् भन्नुभएको थियो । हामीले निर्णय दिएका छैनौं ।’ जनता समाजवादी पार्टी पहिलेदेखि नै एमाले नेतृत्वको सरकारविरुद्ध थियो । अहिलेको सरकारमा जसपा जाने सम्भावनाः निकै कम देखाउँछन्, जानकारहरु ।
मन्त्रालयमा मन्त्री नभए पनि बजेट निर्माणको काम भने चलिरहेको छ । ‘मन्त्री ज्यू नभए पनि संरचनाले काम गरिहाल्छ । मन्त्री ज्यूको भूमिका बजेटलाई थप राम्रो बनाउने हो । तर काम रोकिएको छैन,’ प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. विष्णुराज बरालले भने, ‘प्रणालीले हुने कुरा हो । सामान्य प्रभावित भएकै छ । बजेट रोकिने चाहिँ हुँदैन ।’
विपक्षीहरु सरकार गिराउने गौंडो कुरेर बसेका छन् । गुरुङले विश्वासको मत लिँदा विफल बनाइदिने उनीहरुको दाउ छ । ‘अहिले नियुक्त भए पनि विश्वासको मत लिनुपर्छ । त्यतिबेला बहुमत पु¥याउने आधार उहाँसँग छैन,’ विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले भने, ‘त्यो दिन उहाँको पद जान्छ र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।’ कांग्रेस, माओवादी र जसपाका २८ सांसदले गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए भने त्यो प्रस्तावमा मतदान गर्ने जनमोर्चाको निर्णय थियो । मुख्यमन्त्रीले राजीनामा दिए पनि राजनीतिक कोर्सा फरक ढंगबाट अघि बढेको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
गायिका समीक्षा अधिकारी सम्मानित
मदरल्याण्ड माविद्वारा क्वीजमा क्लीन स्वीप
जनआदर्श माविको ६५ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१