कर्मफ्लाइट्स फाउन्डेसनद्वारा राहत वितरण

आदर्श समाज सम्वाददाता
जेठ ५, २०७८

पोखरा । कर्मफ्लाइट्स फाउन्डेसनले पोखरा ६ र १८ का पर्यटन मजदूर, ट्रेकिङ गाइड, भरिया, प्याराग्लाइडिङ प्याकिंग गर्ने मजदुर लगायतलाई राहत वितरण गरेको छ । संस्थाले संकलन गरेको रकमबाट पोखरा वडा नम्बर ६ को संयोजनमा ८३ परिवारलाई राहत वितरण गरिएको हो । प्रति परिवार २ हजार ५ सयका दरले २ लाख ७ हजार ५ सय बराबरको खाद्यान्न सामग्री वितरण गरिएको कायक्र्रम संयोजक एवं संस्थाका उपाध्यक्ष लक्ष्मणबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार प्रति परिवारलाई २५ किलो जिरा मन्सुली चामल, २/२ केजी मुसुरोको दाल र चना, १ किलो

आयोडिनयुक्त नुन, २ प्याकेट सोयाबिन, १ लिटर सनफ्लावर खाने तेल, २ वटा लायफवाय साबुन प्रदान गरिएको थियो ।
पोखरा ६, बंगलादीस्थित संस्थाको कार्यालय परिसरमा भौतिक दूरीसहित वडाप्रहरी कार्यालयका प्रहरीले सेवाग्राहीलाई व्यवस्थापन गरेको संस्थाका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले बताए । पोखरा ६ का अध्यक्ष जगतबहादुर पहारी र वरिष्ठ वडा सदस्य हरिप्रसाद पहारीले राहत वितरण गरेका थिए ।

बन्दाबन्दीका कारण आउन नसकेका अस्ताम तथा हेमजाका परिवारको राहत संस्थाले मिलनचोक पु¥याइ वितरण गरेको संस्थाका कर्मचारी राजु परियारले बताए ।

यस पटकको राहत उरुग्वेका टुर अपरेटर तथा डेस्टिन ओरिन्टेका सञ्चालक मार्टिन तथा पामेलाले आफ्नो ३० औं जन्मोत्सवका अवसमा जुटाइदिएका थिए ।

पोखरा ६ का अध्यक्षले कार्यक्रम उद्घाटनपछि दोस्रो लहरको कोरोना कहरमा सिर्जित विपत्तिमा थोरै भए पनि मलमपट्टी लगाउने काम गरेको बताए । वरिष्ठ वडा सदस्य हरिप्रसाद पहारीले संस्थाको प्रशंसा गरे । यसैबीच वडाध्यक्ष पहारीले राहत दातालाई संस्था र वडाको तर्फबाट सम्मानपत्र प्रदान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • कुमारी ब्युटीका प्रडक्टको स्टोर सुरु

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । मेकअप आर्टिस्ट शोभा भट्टराईले क्यानाडाबाट उत्पादन सुरु गरेको नेपाली ब्राण्ड कुमारी ब्युटीका प्रडक्टको प्रमुख स्टोर पोखरामा सुरु भएको…
  • ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    पोखरा । हाम्रो समाजमा एउटा उक्ति छ, ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको ।’ ज्येष्ठ नागरिक अनुभवका खानी हुन् ।…
  • सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

    रासस असाेज २१, २०८१
    काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको संख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजानिक यातायात…
  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…

hero news full width