पोखरा । सर्वोच्च अदालतले मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिबाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले मंगलबार यस्तो आदेश जारी गरेको हो ।
कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै प्रहरीले निषेधाज्ञाको समयमा मास्क नलगाउनेलाई जरिबाना तिराउने र घरबाहिर निस्कनेलाई केही समय उभ्याएर होल्ड गरेर राख्ने गरेको थियो । त्यस्तो काम संविधान तथा संक्रामक रोग ऐन २०२० को दफा ४ को व्यवस्थाको प्रतिकूल भएको सर्वोच्चको ठहर छ ।
संक्रामक रोग ऐनको दफा ४ मा ऐन अन्तर्गत भए गरेको कसुरमा कारबाही र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुने व्यवस्था छ ।
अधिवक्ता सागर पौडेल लगायतले कतिपय विपन्न नागरिकले सहज पहुँचको अभावमा मास्क नलगाइ हिँड्ने गरेकाले उनीहरूलाई जरिबाना र यातना दिन नहुने मागसहित निवेदन दर्ता गरेका थिए । मास्क र स्यानिटाइजरलाई निःशुल्क औषधिको सूचीमा राखेर समावेश गर्नसमेत उनीहरूले माग गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कुमारी ब्युटीका प्रडक्टको स्टोर सुरु
‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो
‘नालामा जस्तै पानी बग्छ सडकमा’
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१