अग्रज निर्माण व्यवसायी गजेन्द्रप्रकाश मल्लको निधन

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७८
gajendra malla

पोखरा । स्याङ्जाका अग्रज निर्माण व्यवसायी तथा कांग्रेस नेता गजेन्द्रप्रकाश मल्लको मंगलबार निधन भएको छ । लामो समयदेखि निर्माण व्यवसायमा आबद्ध मल्ल नेपाली कांग्रेस महासमिति सदस्य हुन् । उनी स्याङ्जा कांग्रेसका पूर्व जिल्ला कोषाध्यक्ष हुन् ।

७४ वर्ष मल्लको कोरोना संक्रमणका कारण पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो ।

पञ्चायतविरुद्धको आन्दोलनमा लागेकै कारण उनले कयौंपटक जेलनेल भोगेका थिए । स्याङ्जा र आसपासका जिल्लामा हुने विकास निर्माणका काममा उनको कम्पनी गजेन्द्र निर्माण सेवा निकै प्रख्यात छ । ठेक्का लिएपछि समयमै बुझाउने र गुणस्तरीयतामा उनले कहिल्यै सम्झौता गरेनन् । उनी निर्माण व्यवसायी महासंघ केन्द्रीय सदस्य हुने भने संघ स्याङ्जाका संस्थापक अध्यक्ष ।

उनले सुरु गरेको व्यवसाय पछिल्लो समय छोराहरुले सम्हाल्दै आएका थिए । उमेरका कारण शरीर कमजोर हुँदै गए पनि उनले डेढ वर्ष अघि क्यान्सर जितेका थिए । उनको २ साता अघि मात्र प्रोस्टेटको शल्यक्रिया भएको थियो ।

गजेन्द्रका ३ छोरामध्ये भागवतप्रकाश मल्ल गण्डकी प्रदेश सभा सदस्य हुन् । चापाकोट नगरपालिका ५ स्थायी घर भए पनि मल्ल परिवार लामो समयदेखि स्याङ्जाको प्रगतिनगरमा बस्दै आएको छ । मल्लका पत्नी, ३ छोरा १ छोरी छन् ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width