गण्डकीमा ४ सय १९ जनाले कोरोना जिते, १५ को मृत्यु

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा मंगलबार ४ सय १९ जनाले कोरोना जितेका छन् । पछिल्ला दिनहरुमा कोरोना जित्नहरुको संख्या दिनादिन बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सोमबार मात्र २ सय ३ जना निको भएका थिए । मंगलबार निको हुने संख्या बढेर ४ सय १९ पुगेको हो । प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २० हजार ३९८ पुगेको छ । नेपालभर ६ हजार ८९१ जनाले कोरोना जितेका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ ।

यसैगरि गण्डकीमा थप ९ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १ हजार ६३५ जनाको स्वाब परिक्षण गर्दा ५८.६५ प्रतिशतमा कोरोना देखिएको हो ।

मंगलबार कास्कीका ४१७ सहित तनहुँका ११२ जना, गोरखाका ३५ जना, लमजुङका ८ जना र नवलपुरका ७६ जना छन् । यस्तै, स्याङ्जाका ८६ जना, पर्वतका ७४ जना, बागलुङका १२३ जना, म्याग्दीका २७ जना र मुस्ताङ जिल्लाका एक जना छन् ।

नेपालभर ६ हजार ८९१ जनाले कोरोना जितेका छन्

देशभर ८ हजार १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार विभिन्न जिल्लामा गरिएको २० हजार २ सय ८६ पिसिआर परीक्षणमा ८ हजार १ सय ३६ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५ सय २९ पुगेको छ । क्वारेन्टाइनमा ७ सय ५२ जना छन् । १ सय ९६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गण्डकीमा एकैदिन १५ जनाको मृत्यू
कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मंगलबार थप १५ जनाको मृत्यु भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङका ४ कास्की, मुस्ताङ, तनहुँ र नवलपुरका २÷२ सहित स्याङ्जा, पर्वत र गुल्मीका १÷१ जनाको ज्यान गएको हो ।

कास्कीको पोखरा महानगरपालिका १४ का ७२ वर्षीय पुरूषको ग्यालेक्सी अस्पताल, पोखरामा उपचारको क्रममा सोमबार निधन भएको हो । कास्कीकै पोखरा १३ का ४६ वर्षीय पुरूषको मंगलबार गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा ज्यान गएको हो ।

यसैगरि मुस्ताङ थासाङ गाउँपालिका ४ की ८५ वर्षीया महिलाको लेते प्राथमिक स्वास्थ्य केन्द्र, मुस्ताङमा उपचारको क्रममा सोमबार ज्यान गएको छ । मुस्ताङकै घरपजोङ गाउँपालिका ३ का ५५ वर्षीय पुरूषको पनि सोमबार नै मुस्ताङ जिल्ला अस्पताल, मुस्ताङमा उपचारको क्रममा निधन भएको छ । नवलपुरको विनयत्रिवेणी गाउँपालिका २ की ४४ वर्षीया महिलाको आईतबार मध्यविन्दु अस्पताल, नवलपुरमा उपचारको क्रममा ज्यान गएको हो । नवलपुरकै कावासोती नगरपालिका ११ का ४२ वर्षीय पुरूषको सोमबार होम आइसोलेसनमा मृत्यु भएको हो ।

यसैगरि बाग्लुङ नगरपालिका ७ का ५४ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा सोमबार ज्यान गएको हो । बाग्लुङकै ताराखोला गाउँपालिका १ का २९ वर्षीय पुरूषको पनि सोमबार नै मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा निधन भएको छ । बागलुङको गल्कोट नगरपालिका १ का ७८ वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । बाग्लुङको काठेखोला गाउँपालिका ८ का ७९ वर्षीय पुरूषको मिति धौलागिरि अस्पताल, बाग्लुङमा उपचारको ज्यान गएको हो ।

यस्तै तनहुँको व्यास नगरपालिका ३ का ७० वर्षीया महिलाको फेवासिटी अस्पताल, पोखरामा उपचारको क्रममा सोमबार निधन भएको हो । तनहुँको देवघाट गाउँपालिका ५ की ६८ वर्षीया महिलाको होम आइसोलेसनमा आईतबार मृत्यु भएको हो । पर्वतको जलजला गाउँपालिका ४ का २८ वर्षीय पुरूषको जनप्रिय अस्पताल, पोखरामा उपचारको क्रममा ज्यान गएको हो । स्याङ्जाको वालिङ नगरपालिका ९ की ७२ वर्षीय महिलाको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा सोमबार निधन भएको हो । गुल्मीको चन्द्रकोट गाउँपालिका ७ का ३६ वर्षीय पुरूषको पनि मनिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको सोमबार नै मृत्यु भएको हो । योसँगै प्रदेशमा ९ हजार १८० सक्रिय संक्रमित छन् , उनीहरु मध्ये ८ हजार ९ सय ९ जना होम आइसोलेसनमा बसेको निर्देशनालयले जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width