एमाले कार्यदलले लागु गर्‍याे आचारसंहिता, तत्काल लागु हुने

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७८
UML

पोखरा । एमाले विवाद समाधान गर्न गठित कार्यदलको पहिलो बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तय गरी लागु गर्ने निर्णय गरेको छ ।

बैठकपछि एमाले नेता भीम रावलले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तय गरेर लागु गर्दै पार्टीभित्रको विवाद समाधान गर्न पहल गर्ने निर्णय गरेको जानकारी दिए ।

‘पार्टीमा देखिएका समस्याहरुलाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकतावद्ध गर्दै अघि बढाउन कार्यदलले सबैसँग सहयोग र सद्भावको लागि आग्रह गरको छ’, नेता रावलको भनाइ छ ।

साथै बैठकले पार्टी एकता र समझदारीलाई बृद्धि गर्न तथा आपसमा अविस्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट पार्टीपंक्तिलाई आव्हान गर्ने निर्णय गरेको छ ।

बैठकमा कार्यदलका सदस्यहरु विष्णु पौडेल र शंकर पोखरेल भने अनुपस्थित भएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width