मुस्लिम युवा समितिको सहयोग

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७८
muslim

पोखरा । विश्वभर फैलिएको कोभिड–१९ को दोस्रो लहरबाट जोगिन नेपाल मुस्लिम युवा समिति, पोखरा–१३ ले विभिन्न संघसंस्थालाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ ।

संस्थाले जिल्ला प्रहरी कार्यालय, गण्डकी ट्राफिक कार्यालय, वडा प्रहरी कार्यालय रामबजार, संगम क्लब, सत्य युवा क्लब, युवा टोल सुधार समिति, माटेपानी टोल विकास संस्था र मियाँपाटन टोल विकास संस्थालाई मास्क, फेस सिल्ड र ह्यान्ड स्यानिटाइजर सहयोग गरेको हो ।

आगामी दिनमा पनि सम्पूर्ण संस्थाको समन्वय र साथ सदैव रहने समितिका उपाध्यक्ष अब्बु वकर मियाँले जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width