पोखरा । पोखरा महानगरको नीति नै छः ‘एउटा ढोकाबाट पसेको सेवाग्राही अर्को ढोकाबाट निस्किँदा काम सकेर निस्किने छ ।’ अझै स्मार्ट कार्यालय बनाउने घोषणा चुनावताका खुब चर्चामा आयो । तर पोखराका नागरिकहरु एउटा कोठाभित्र होइन एउटै कार्यालयबाट पनि सेवा लिन पाउँदैनन् । एउटै कामका लागि पोखरा महानगरका झण्डै आधा दर्जन कार्यालय पुग्नुपर्छ । त्यो पनि टाढा । अहिले पोखराको प्रमुख प्रशासकीय कार्यालय न्युरोडमा छ । महानगर अन्तर्गतको सामाजिक विकास महाशाखा सिर्जनाचोकमा सारिएको छ । साँघुरो भएपछि स्वास्थ्य महाशाखा नयाँ बजार र न्युरोडमा बीचमा राखिएको छ, कृषि महाशाखा बिरौटा र पशु महाशाखा रामघाटमा छ । स्वास्थ्य महाशाखा भाडामा छ, कृषि पनि हटाउन प्रदेशले उर्दी लगाएको छ । धेरैतिर कार्यालय हुँदा नागरिकले दुख पाएका छन् ।
पोखरा १२ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भएको ठाउँमा सार्न लागिएको हो
अब पोखरा महागनरपालिकाको नयाँ प्रशासकीय भवन निर्माण हुने भएको छ । पहिलो कार्यपालिका बैठकले गरेको निर्णय अन्तिम वर्ष कार्यान्वयनमा आउन लागेको हो । अहिले न्युरोडमा रहेको कार्यालय साँघुरो छ । धेरैतिर छरिएका महाशाखाहरु बस्ने एउटै कार्यालय तयार हुनेछ भने प्रशासकीय भवन छुट्टै बन्दै छ । ६ वटा महाशाखा राख्ने गरी नयाँ बजारस्थित पुरानो दमकल भएको ठाउँमा भवन बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रशासकीय भवन रामघाटमा बन्ने छ । दमकलमा २४ करोड लागतको लिफ्टसहितको भवन बन्ने इन्जिनियर शिशिर अर्यालले जानकारी दिए । ‘धेरैतिर कार्यालय छन् । नागरिकलाई सास्ती भयो,’ उनले भने, ‘अब महाशाखा एउटै भवन मुनि हुन्छन् । त्यसको डिपिआर बनिसकेको छ ।’
मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतसहित राजश्व, लेखा, योजना लगायत शाखा, आयोग, प्रतिष्ठानसहितका कार्यालय राख्न रामघाटमा अर्को भवन बन्दै छ । पोखरा १२ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भएको ठाउँमा सार्न लागिएको हो । त्यहाँ २२ रोपनी जग्गा महानगरले आफ्नो नाममा मागेको छ । नेपाल सरकारले जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको छ । जेठ १४ गते भवन निर्माणको शिलान्यासका लागि तयारी गरिएको मेयर मानबहादुर जिसीले बताए । त्यहाँ ३ वटा भवन बन्ने छन् ।
‘थ्रिडी लगभग अन्तिम चरणमा छ । स्टिमेट पनि फटाफट बनाउन भनेका छौं,’ उनले भने, ‘तयारी पुग्यो भने पदवहालीको दिन शिलान्यास हुन्छ । हामी घोटिएर काममा लागेका छौं ।’ भवन निर्माणका लागि करिब पौने अर्ब लाग्ने छ । यसको अन्तिम स्टिमेट भने अझै आइसकेको छैन । पोखराका जनप्रतिनिधिले जेठ १४ गते पदवहाली गरेका थिए । सोही दिन नयाँ भवन शिलान्यास गर्न लागिएको हो ।
भवन निर्माणका लागि पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा जग्गा खोजबिन समिति गठन गरिएको थियो । सोही समितिले ३ ठाउँ प्रस्ताव ग¥यो । नदीपुरस्थित नगर प्रशिक्षण केन्द्र, नयाँ बजारको प्रदर्शनी केन्द्र र माटेपानीको पशु कार्यालय भएको ठाउँमध्ये जुनसुकै उपयुक्त हुने सिफारिस समितिले जनाएको छ । सोही प्रतिवेदनको आधारमा पशु कार्यालयको जग्गा सबैभन्दा उपयुक्त देखिएको र त्यहिँ भवन बनाउन लागिएको मेयर जिसी बताउँछन् ।
Related News
सम्बन्धित समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
गायिका समीक्षा अधिकारी सम्मानित
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१