झगडामा एकको मृत्यु, ४ गम्भीर घाइते

रासस
जेठ ४, २०७८
Death

Representative Image

जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–३ बरदाहा गाउँमा आज शौचालय निर्माणसम्बन्धी विवादमा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नपा–३ बस्ने मुस्लिम राइनको छोरा २६ वर्षीय जाविर राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

नातामा मामाभान्जा रहेका स्थानीयवासी मोस्लिम राइन र मोतालिभ राइन दुवै जनाको जग्गाको बीचमा आज शौचालय निर्माणसम्बन्धी विवाद हुँदा दुवै पक्षबाट बाँसको लाठी र चिर्पट हानाहान भएको थियो । लाठी र चिर्पट हानाहान भइरहेकै बेला मोतालिभले मोस्लिमका छोरा जाविरको टाउको बाँसको ठूलो भाटा प्रहार गर्दा उनको टाउको काटिएर गम्भीर घाइते भई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएकामा उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सोही घटनामा परी मोतालिम राइन, छोटन राइन, हजरत राइन र मीना खातुन गम्भीर घाइते भएका छन् ।

यता जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष प्रहरी टोलीले घटनास्थललाई शान्त पारेको छ भने प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मोतालिभ राइन र असरफ राइनलाई पक्राउ गरेको तथा घटनासम्बन्धी अनुसन्धान भइरहेको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित

    विजय नेपाल माघ २६, २०८१
    पोखरा । नेपाल कानून व्यवसायी परिषद्को निर्वाचनमा गण्डकी प्रदेश पार्षद सदस्यमा अधिवक्ता दयाराम गौतम निर्वाचित भएका छन् । प्रजातान्त्रिक कानून…
  • बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन

    रासस माघ २५, २०८१
    गण्डकी । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले शुक्रबार पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक्रममा बेलायती…
  • ज्येष्ठ नागरिक समाजबाट सम्मान

    आदर्श समाज सम्वाददाता माघ २५, २०८१
    पोखरा ।पोखरा । ज्येष्ठ नागरिक सरोकार समाज, नेपालले ज्येष्ठ नागरिक क्षेत्रमा कलम चलाउने पत्रकार, सासूससुराको राम्रो सेवा गर्ने ‘असल बुहारी’,…
  • प्रेस चौतारीबाट पत्रकार पौडेल र गुरुङ सम्मानित

    आदर्श समाज सम्वाददाता माघ २२, २०८१
    पोखरा । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवस अवसरमा कास्की शाखाले मंगलबार प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट इन्द्रप्रसाद पौडेललाई पुरस्कृत…
  • सल्युट गोर्खाको रक्तदान

    आदर्श समाज सम्वाददाता माघ २२, २०८१
    पोखरा । सल्युट गोर्खा ट्रेनिङ सेन्टर, चाउथेले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ । संस्थाको १६…

hero news full width