पोखरा । जिल्ला समन्वय समिति कास्कीले पोखरा र चार गाउँपालिकाका पालिकास्तरीय अस्पतालमा स्वास्थ्य संरचना, अक्सिजन बेडलगायत स्वास्थ्य सामग्री व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ । समन्वय समितिको आज बसेको जुम बैठकले समितिको मौज्दात कोषबाट पालिकामा अत्यावश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका लागि महानगरपालिकालाई रु ६० लाख तथा माछापुच्छ्रे, अन्नपूर्ण, मादी र रुपा गाउँपालिकालाई १० लाखका दरले ४० लाख बजेट विनियोजन गर्ने निर्णय गरेको हो । पालिकाको सिफारिशमा सम्बन्धित स्वास्थ्य संस्थालाई बजेट उपलब्ध गराइने बताइएको छ ।
जिल्लामा कोभिड–१९ को प्रभाव बढी देखिएको तथा जनशक्तिको सेवा अझै कम भएको देखिएकाले गाउँपालिका र महानगरपालिका क्षेत्रका सरकारी अस्पतालमा स्वास्थ्य सामग्री व्यवस्थापनमा सहयोग पुगोस् भनेर सो रकम प्रदान गर्ने निर्णय गरिएको समन्वय प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । यसैगरी पोखरा–१६ स्थित मातृशिशु अस्पतालमा २० शय्याको आइसोलेसनका लागि १५ लाख तत्काल महानगरको खातामा पठाउने निर्णय गरिएको उनले जानकारी दिए ।
बैठकले कोभिड–१९को महामारीबीच विभिन्न खाद्य एवं स्वास्थ्य सामग्रीमा अमानवीय तवरबाट कृत्रिम अभाव देखाउँदै अस्वाभाविक मूल्यवृद्धि भएको जनगुनासो आएकाले मानवीयतालाई ख्याल गर्न र स्थलगत अनुगमन गरी नियमनको प्रक्रियामा ल्याई सहज आपूर्तिको व्यवस्था मिलाउन सबैको ध्यानाकर्षण गरिएको छ ।
हालको महामारीको रोकथाम र नियन्त्रणका लागि जिल्ला समन्वय समितिका सम्पूर्ण पदाधिकारी सदस्य सहजीकरणमा अझै प्रभावकारी ढंगले लाग्ने निर्णय गरिएको समन्वय अधिकारी नवराज बरालले जानकारी दिए । यसैगरी समन्वय समितिले सरकारले जारी गरेको निषेधाज्ञाको पूर्ण पालन र स्वास्थ्य मापदण्डलाई आत्मसात् गरी घरमा नै रहन जिल्लावासीमा आग्रह गरेको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
गायिका समीक्षा अधिकारी सम्मानित
मदरल्याण्ड माविद्वारा क्वीजमा क्लीन स्वीप
जनआदर्श माविको ६५ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१