पोविविमा डिन तथा परीक्षा नियन्त्रक नियुक्त

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७८
Pokhara-University

पोखरा ।  पोखरा विश्वविद्यालय (पोवि) को कार्यकारी परिषद्ले मिति २०७८ जेठ ३ गतेदेखि लागु हुने गरी पदाधिकारी नियुक्त गरेको छ ।

स्कूल अफ इञ्जिनियरिङ पोविका सहप्राध्यापक राजेशकुमार  ठगुराठीलाई विज्ञान तथा प्रविधि संकायको डीन पदमा, स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेज, पोविका सह–प्राध्यापक डा. अमर नागिलालाई स्वास्थ्य विज्ञान संकायको डीन पदमा तथा स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्ग पोविका सह–प्राध्यापक डा. अजय थापालाई मानविकी तथा सामाजिकशास्त्र संकायको डिनमा नियुक्त गरिएको छ ।

राजेश ठगुराठी

पोखरा विश्वविद्यालय ऐन २०५३ को दफा २७(२) ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा २७(३) बमोजिम उनीहरु नियुक्त भएको सूचना अधिकारी लाेकप्रसाद ढकालले बताए ।

अजय थापा

कार्यकारी परिषद्ले २०७८ जेठ ३ गतेदेखि नै लागु हुने गरी पोखरा विश्वविद्यालयको रिक्त परीक्षा नियन्त्रक
पदमा ४ वर्षका लागि स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, पोविका सह–प्राध्यापक डा. तुल्सीराम भण्डारीलाई नियुक्ति गरेको उनले जानकारी दिए ।

डा अमर नागिला

Related News

सम्बन्धित समाचार

  • पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै…
  • पोखरामा गणित समाजको कार्यशाला

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । नेपाल गणित समाजको आयोजनामा नेपाल गणित समाज गण्डकी प्रदेशको स्थानीय व्यवस्थापनमा आयोजित कार्यशाला गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको…
  • लेकसिटी कलेजमा स्वागत र बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पहिलो वर्षमा भर्ना भएका र अन्तिम वर्षमा पढिरहेका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको…
  • राष्ट्रिय शिक्षक संगठन कास्कीमा तीर्थराज

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको १४ औं अधिवेशनबाट तीर्थराज ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्ष (खुला) मा…
  • गण्डकी बोर्डिङ व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत

    आदर्श समाज सम्वाददाता चैत्र २९, २०८०
    पोखरा । गण्डकी बोर्डिङ स्कुल व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत भएका छन् । सोमबारको बैठकले जग्गादाता मदनबहादुर केसी, एग्बोसाका निवर्तमान…

hero news full width