अक्सिजन र औषधीजन्य सामग्रीका लागि दक्षिण कोरियामा पहल

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७८
kaski korea

हेमजा । रोजगारीक सिलसिलामा दक्षिण कोरिया रहेका कस्केलीहरुले नेपालमा कोरोना भाइरस रोकथामका लागि सहयोग संकलन सुरु गरेका छन् ।

विश्वव्यापी फैलिएको भाइरसको दोश्रो लहरको महामारीले आफ्नो मातृभूमि आक्रान्त बनेको ठहर गर्दै त्यस्तै प्रयास थालिएको हो । जसलाई कास्की परिवार दक्षिण कोरियाले एक हप्ते अभियानका रुपमा अगाडि बढाएको छ । जस मार्फत अक्सिजन र औषधीजन्य सामग्रीहरुको अभाव पुर्तिमा सहयोग पुग्ने संस्थाको विश्वास छ ।

अभियानलाई सफल बनाउन शनिवार कार्यसमिति, संरक्षक र सल्लाहकार समिति सहितको भर्चुअल बैठक सम्पन्न भयो । जसमार्फत आजीवन सदस्य, साधारण सदस्य, बुद्धिजीवि, व्यवसायी लगायत सम्बन्धीत सबैसँग अपिल गरिएको छ ।उक्त बैठकले व्यक्तिगत सहयोगका अलवा संस्थाको मूल कोषबाट कम्तिमा १० लाख वन सहयोग गर्ने निर्णय पनि गरेको त्यहाँबाट सदस्य पुष्प भण्डारीले जानकारी दिए ।

हालसम्म प्रविण गिरीबाट १ लाख, विनोद दाहाल १ लाख, राम सापकोटाबाट १ लाख, पुष्प भण्डारीबाट ७५ हजार, रामचन्द्र रालबाट ५१ हजार, टेकनाथ भण्डारीबाट १ लाख वन सहयोग संकलन गरिएको छ ।

त्यसैगरी रामचन्द्र अधिकारीले २२ हजार २ सय २२, रेशम सुवेदीले ३५ हजार, गणेशप्रसाद अधिकारीले २० हजार, राम थापाले ५० हजार, टोपबहादुर गुरुङले ३५ हजार, बिक्रम कुँवरले २० हजार, रोहन क्षत्रीबाट ५० हजार, कमल आचार्यबाट २५ हजार, हिसप श्रेष्ठबाट २० हजार, कृष्णप्रसाद अधिकारीले ३० हजार, प्रदीप मगरले २० हजार, विष्णु श्रेष्ठबाट ३५ हजार, लालुप्रसाद आचार्यबाट २२ हजार २ सय २२, गोविन्द बास्तोलाबाट ११ हजार, बुद्धि गुरुङले ५० हजार, आरती ह्याल्मोबाट २० हजार, असीम श्रेष्ठबाट २० हजार वन संहयोग संकलन भइसकेको छ । सहयोग उठ्ने क्रम पनि जारी छ ।

सहयोग गर्न चाहनेले त्यहाँ स्थित आइबिके बैकको खाता नं. २२१४१७९९५०२०११ रकम जम्मा गर्न सकिने पनि जनाइएको छ ।असअघि पनि संस्थाले बाढी, पहिरो जस्ता विपद्मा सहयोग गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • मानवअधिकार आयोगसमक्ष द्वन्द्वपीडित समुदायको ज्ञापन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । द्वन्द्वपीडित समुदायले विभिन्न मागसहित मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ । देशका विभिन्न जिल्लामार्फत न्यायको अधिकारप्रति जिम्मेवारीबोध गर्दै ठोस…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • पुस्तक दिवसमा पुस्तक साटासाट

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस पोखरामा पुस्तक साटासाट गरी मनाइएको छ । ¥यान्डम रिडर्स सोसाइटीले मंगलबार आयोजना…
  • गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…

hero news full width