पोखरा । होम आइसोलेसनमा रहेका बेला मुख्यमन्त्रीमा पुन नियुक्त भएर सपथ खाएका पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् ।
मन्त्रालयको दैनिक कार्यसञ्चालन समेत प्रभावित भएपछि उनले भोलि मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन् । पछिल्लोपटक उनी वैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी आइसोलेसनमै रहेका कारण मन्त्रिमण्डल विस्तार रोकिएको थियो । बजेट निर्माणका बेला मन्त्रालयहरु खाली छन् । नीति तथा कार्यक्रम र प्रिबजेटका लागि पनि तयारी गर्ने बेला भइसक्यो । मन्त्रालयका कर्मचारीले आन्तरिक तयारी गरिरहे पनि मन्त्री नै नहुँदा बजेट भने पक्कै प्रभावित हुन्छ ।
संसदीय प्रणालीमा प्रधानमन्त्री वा मुख्यमन्त्रीले मन्त्रिपरिषदमार्फत् गर्ने निर्णय नै मान्य हुन्छ । तर यसका लागि क्याबिनेटमा कम्तीमा २ सदस्य चाहिन्छ । अहिले यो अवस्था पनि छैन । वैशाख २९ यता सबै मन्त्रालयको नेतृत्व मुख्यमन्त्रीसँगै छ । यही गाँठो फुकाउन पनि छरितो मन्त्रिमण्डल विस्तार हुन लागेको हो ।
यसका लागि मुख्यमन्त्रीले विघटित मन्त्रिपरिषदका २ सदस्य र पार्टीका मुख्य सचेतकसँग छलफल गरेका छन् । पूर्वमन्त्रीद्वय किरण गुरुङ, रामशरण बस्नेत र मुख्य सचेतक मायानाथ अधिकालाई निवासमै बोलाएर सरकार विस्तारका बारेमा छलफल गरेका हुन् ।
पहिलो चरणमा किरण र बस्नेत दोहोरिने पक्का छ । पोहोर नै आर्थिक वर्ष सकिएपछि मन्त्री फेरबदलको सोचमा थिए मुख्यमन्त्री । मन्त्री बनाउने बेला नै उनले साढे २ वर्षका लागि हो, त्यही अनुसार काम गर्न उनले निर्देशन नै दिएका थिए । कार्यसम्पादनका आधारमा मन्त्री फेरबदल गर्ने र कम्तीमा २ मन्त्रालय थप्ने सोचमा उनी रहे पनि पार्टीभित्रको किचलोका कारण उनको योजना साकार हुन पाए । उनले यसका बारेमा प्रधानमन्त्रीलाई पनि जानकारी गराइसकेका थिए । २ मन्त्रालय थप्दा माथिबाट २ जना सचिव मात्र पठाइदिए हुने र बाँकी कर्मचारी व्यवस्थापन प्रदेशबाटै गर्ने गरी उनले प्रधानमन्त्रीलाई आश्वस्त समेत पारिसकेका थिए ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल र सामाजिक विकास मन्त्री नरदेवी पुनले पुनर्नियुक्ति पाउने नपाउने टुंगो छैन । कुन कुन सांसदलाई मन्त्री बनाउने, कतिवटा मन्त्रालय अहिले खाली राख्ने भन्ने बारेमा छलफल गर्नै मुख्यमन्त्रीले पूर्वमन्त्री र मुख्यसचेक उनका निवासै पुगेका हुन् । १० दिन मन्त्री भएका दीपक मनाङे दोहोरिन सक्ने पार्दीस्रोतले जनाएको छ । स्वतन्त्र भए पनि पछिल्लो समय गठबन्धनका पक्षमा लाग्ने देखेपछि मुख्यमन्त्री गुरुङले उनलाई मन्त्री पद दिएर थमथमाएका थिए । सामाजिक विकास मन्त्रालय फोरेर उनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
त्यसो त मन्त्री पद पाउनकै लागि अहिले मुख्यमन्त्री निवास धाउनेहरु बढेका छन् । मिडियामा आएका नाम र त्यसवाहेकका सांसदहरुको आउजाउ अहिले बाक्लिएको छ । विघटित मन्त्रीमण्डलमा कास्कीबाट एकजना पनि मन्त्री पनि थिएनन् । अहिले पनि कास्की खाली हुने देखिएको छ । राजीव पहारी अलि बढी नै आकांक्षी छन् । मुख्यमन्त्रीले उनलाई हुन्छ हुन्न भनेर केही प्रतिक्रिया दिएका छैनन् ।
वैशाख २९ को १ महिनाभित्र विश्वासको मत लिनुपर्ने भएकाले त्यसैलाई फोकसमा राखेर मुख्यमन्त्री गुरुङले सरकार विस्तार गर्ने पक्षमा छन् । अहिले फेरि सरकार टिकाउनका लागि मन्त्रालय थप्ने सम्भावना पनि नभएको होइन । तर त्यसका लागि साना दलको निर्णय निर्णायक हुन्छ । त्यसो त वैशाख २ मा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव वारपार गर्न पनि साना दलको भूमिका महत्वपूर्ण हुन्थ्यो । जनमोर्चाका सांसदले ढुलमुले नीति लिएका कारण परिस्थिति बदलिदियो । मुख्यमन्त्रीले वैशाख २६ मै राजीनामा दिए । जबकि २७ गते अविश्वासको प्रस्तावमाथि मतदानको कार्यक्रम थियो । उनले राजीनामा दिएपछि अविश्वास प्रस्ताव औचित्यहीन भयो र विषेश अधिवेशन अन्त्य भयो ।
जनमोर्चाका ३ सांसद जता ढल्किन्छन् उतैको पल्लाभारि हुने भए पनि पछिल्लो समय भने उक्त दलभित्र पनि विवाद देखिएको छ । सचेतक पियारी थापा प्रष्ट रुपमा गुरुङ सरकारको विपक्षमा छन् । कांग्रेसलाई कुनै हालतमा सहयोग गर्न नसक्ने बताएका सांसद कृष्ण थापा दलको नेताबाटै निकालिएका छन् । अर्का सांसद खीमविक्रम शाही पार्टीकै नीति अनुसार चल्ने बताए पनि उनका गतिविधि शंकास्पद छन् ।
बहुमत संख्याका लागि प्रष्ट अंकगणित नभएका कारण यो बीचको समय मुख्यमन्त्रीले आफ्नो पक्षमा संख्या पु¥याउन ठूलै मेहनत गर्नुपर्ने देखिएको छ ।
Related News
सम्बन्धित समाचार
लायन्स आदर्श चौतारीको शिविर
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
हिमालयनलाई वडाध्यक्ष कप
अखण्ड कीर्तनको १७ औं वार्षिकोत्सव
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
hero news full width
मुख्य समाचार
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१