लुम्बिनीका ४  सांसदको पद जाेगियो, निष्कासनको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

आदर्श समाज सम्वाददाता
जेठ ३, २०७८
Supreme-Court-of-Nepal

पोखरा ।  सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टी (जसपा) का ४ जना प्रदेशसभा सदस्यलाई निलम्बन गर्ने लुम्बिनी प्रदेश सभाको निर्णय तत्काल कार्यान्वयन नगर्नू/नगराउनू भन्दै विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाबाट निर्वाचित चार सांसदलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय संविधान र कानुनसम्मत नभएको ठहर गरेको हो।

निवेदकहरुले अन्तरिम आदेश जारी गरिपाउँ भनि गरेको मागका सम्बन्धमा विचार गर्दा, निवेदनमा उठाइएका विषयवस्तुको प्रकृति र गाम्भीर्यसमेतलाई मनन गर्दा दुवै पक्षबीच छलफल गरी निष्कर्षमा पुग्नु उपयुक्त हुने देखिएकाले दुवै पक्षलाई जेठ १६ गते छलफलका लागि बोलाइएको छ।

जसपाको उपेन्द्र यादव पक्षले गरेको एकपक्षीय कारबाहीका आधारमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट वैशाख १६ गते पदमुक्त गरेका थिए। चारैजना अहिले लुम्बिनी सरकारका मन्त्री छन्।

साथै सर्वोच्च अदालतले १५ दिनभित्रमा मुख्यन्यायाधिवक्ताको कार्यालय, लुम्बिनी प्रदेशमार्फत् तथा अन्य प्रत्यक्षदर्शीले आफैँ वा कानुनबमोजिमको प्रतिनिधिमार्फत अदालतमा लिखित जवाफ पेस गर्न पनि आदेश गरेको छ।

Related News

सम्बन्धित समाचार

  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…
  • पूर्वराजा ज्ञानेन्द्र पोखरामा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । पोखरा र आसपासका जिल्लामा रहेका शक्तिपीठ भ्रमणका लागि उनी आइतबार समिट…
  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • सम जयन्तीमा रंगकर्मीको सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नेपाली नाट्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने पोखराका ३ जना रंगकर्मीलाई सम्मान गरिएको छ । नाट्यसम्राट बालकृष्ण समको १२२…
  • बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित

    विजय नेपाल माघ २६, २०८१
    पोखरा । नेपाल कानून व्यवसायी परिषद्को निर्वाचनमा गण्डकी प्रदेश पार्षद सदस्यमा अधिवक्ता दयाराम गौतम निर्वाचित भएका छन् । प्रजातान्त्रिक कानून…

hero news full width