म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा कोरोना संक्रमित बिरामीको उचारको लागि अक्सिजन सहितको आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमित बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि अस्पतालको निर्माणाधिन भवनमा तयार पारिएको २० बेड क्षमताको आइसोलेसन कक्ष आइतबारदेखि सञ्चालनमा ल्याइएको हो ।
गण्डकी प्रदेश सरकारको १५ लाख र बेनी नगरपालिकाले उपलब्ध गराएको ५ लाख गरि २० लाख रुपियाँ खर्चिएर सुविधासम्पन्न आइसोलेसन बनाइएको छ । आइसोलेसन कक्षमा यसअघि बेनी नगरपालिका र अस्पतालले खरिद गरेका बेड प्रयोगमा ल्याइएको छ ।
कोरोना भाइरस संक्रमण फैलिन क्रम रहेको र संक्रमित थपिदै जाँदा बेडको अभाव नहोस भनेर अक्सिजन सहितको आइसोलेसन कक्ष निर्माण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।
आइसोलेसन सञ्चालन आएसँगै बिरामीको उचारमा सहज भएको छ । निर्माणधीन भवनको तल्लो तल्लामा रहेका ५ वटा कोठालाई व्यवस्थापन गरेर आइसोलेसन बनाइएको छ । अस्पतालमा रहेको अक्सिजन उत्पादन केन्द्रबाट बिरामीको बेड सम्म नै पाइपबाट अक्सिजन पुर्याउने तयारी गरिएको छ ।
आइसोलेसन कक्ष सञ्चालनमा आएपछि कोरोना संक्रमित विरामीहरुलाई उपचार गर्न सहज भएको छ । जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि आगमी जेठ १० सम्म लकडाउन जारी गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि म्याग्दीका सबै स्थानीय तहले यस अघिको अस्थायी कोरोना अस्पताल पनि पुन सञ्चालनमा ल्याएका छन् ।
Related News
सम्बन्धित समाचार
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१