बेनी अस्पतालमा आइसोलेसन वार्ड

साधन राम्जाली
जेठ ३, २०७८
beni isolation

म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा कोरोना संक्रमित बिरामीको उचारको लागि अक्सिजन सहितको आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमित बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि अस्पतालको निर्माणाधिन भवनमा तयार पारिएको २० बेड क्षमताको आइसोलेसन कक्ष आइतबारदेखि सञ्चालनमा ल्याइएको हो ।

गण्डकी प्रदेश सरकारको १५ लाख र बेनी नगरपालिकाले उपलब्ध गराएको ५ लाख गरि २० लाख रुपियाँ खर्चिएर सुविधासम्पन्न आइसोलेसन बनाइएको छ । आइसोलेसन कक्षमा यसअघि बेनी नगरपालिका र अस्पतालले खरिद गरेका बेड प्रयोगमा ल्याइएको छ ।

कोरोना भाइरस संक्रमण फैलिन क्रम रहेको र संक्रमित थपिदै जाँदा बेडको अभाव नहोस भनेर अक्सिजन सहितको आइसोलेसन कक्ष निर्माण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

आइसोलेसन सञ्चालन आएसँगै बिरामीको उचारमा सहज भएको छ । निर्माणधीन भवनको तल्लो तल्लामा रहेका ५ वटा कोठालाई व्यवस्थापन गरेर आइसोलेसन बनाइएको छ । अस्पतालमा रहेको अक्सिजन उत्पादन केन्द्रबाट बिरामीको बेड सम्म नै पाइपबाट अक्सिजन पुर्‍याउने तयारी गरिएको छ ।

आइसोलेसन कक्ष सञ्चालनमा आएपछि कोरोना संक्रमित विरामीहरुलाई उपचार गर्न सहज भएको छ । जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि आगमी जेठ १० सम्म लकडाउन जारी गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि म्याग्दीका सबै स्थानीय तहले यस अघिको अस्थायी कोरोना अस्पताल पनि पुन सञ्चालनमा ल्याएका छन् ।

Related News

सम्बन्धित समाचार

  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…

hero news full width