भारतमा कोभिड–१९ का दैनिक संक्रमित ३ लाखबाट घटे   

आदर्श समाज सम्वाददाता
जेठ ३, २०७८
inda covid

तस्बिर : बिबिसी

नयाँ दिल्ली ।  कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय संकट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप दुई लाख ८१ हजार ३६८ जना संक्रमित थपिएका छन् ।
यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा दुई लाख ८१ हजार ३६८ जना नयाँ संक्रमित भेटिएका हुन् । सो मन्त्रालयले यहाँ अघिल्लो अप्रिल महिनाको २१ तारिखपछि हरेक दिन चार लाभन्दा बढी नै मानिस संक्रमित भएकोमा पछिल्ला केही दिनहरुमा यो संख्या घट्दै गएको देखिएको हो ।

त्यसैगरी यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीमा गएको २४ घन्टा यता यहाँका ४ हजार १०६ जनाको यो कारोना संक्रमणबाट मृत्यु भएको छ । सोमबार सार्वजनिक भएको यो तथ्यांकसँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २ लाख ७४ हजार ३९० जनाको ज्यान गएको पनि बताइएको छ ।
न्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कूल संख्या दुई करोड ४९ लाख ६५ हजार पुगेको छ जसमध्ये दुई करोड सात लाख ९५ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमा गत जनवरीमा कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरेको थियो । हालसम्म १८ करोड २२ लाख व्यक्तिलाई खोप दिइएको मन्त्रालयले जनाएको छ ।

गत मे १ देखि भारत सरकारले १८ वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिलाई खोप दिने योजना अघि सारे पनि पर्याप्त खोप उपलब्ध नहुँदा सहज रुपमा खोप अभियान अघि बढ्न सकेको छैन ।
भारतमा संक्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ ।

तर संक्रमित अत्यधिक देखिएका दिल्ली, मुम्बई समेतका शहरमा राज्य सरकारले लकडाउन, प्रतिबन्ध, कफ्र्यु लगाएका छन् ।
पछिल्ला केही दिनहरुमा कोभिडका संक्रमितहरुको संख्या बढेसँगै ठूलो संकट बढ्दै गएको छ । यो संकटको सामना गरिरहेको भारतमा हाल अक्सिजनको आपूर्ति र अत्यावश्यक औषधि तथा अस्पतालमा अत्यावश्यक सेवाको पनि चरम अभाव भएको छ ।

रासस/सिन्हवा

Related News

सम्बन्धित समाचार

hero news full width