स्याङ्जामा अक्सिजन पलान्ट निर्माण गर्न सबैपालिका सहमत

भवानी अधिकारी
जेठ ३, २०७८
Oxygen Plant

स्याङ्जा । स्याङ्जामा अक्सिजन पलान्ट निर्माण गर्ने बारे छलफल भएको छ । छलफलमा जिल्लामै अक्सिजन प्लान्ट निर्माण गर्नेमा सहमति जुटेको छ ।

जिल्ला समन्वय समितिको पहलमा यहाँका ११ वटै पालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा राजनीतिक दलका प्रतिनिधिबीच भर्चुअल माध्यमबाट छलफल भएको हो ।
भर्चुअल छलफलमा सबै पालिकाका प्रमुखहरु अक्सिजन पलान्टको स्थापना गर्ने विषयमा सहमत भएका छन् । अक्सिजन पलान्ट निर्माणको लागि ३ सदस्यीय समिति समेत गठन गरेकोे छ ।

समितिमा जिल्ला समन्वय समितिका उपप्रमुख दिलीपकुमार बगाले, भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनाल र फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी सदस्य रहनगरी समिति गठन गरिएको हो ।

छलफलमा अक्सिजन प्लान्टको निर्माण, अक्सिजन सहितको एम्बुलेन्स सेवा सञ्चालन कोरोना संक्रमितका मृृत्युपछि शवको व्यवस्थापनका बारेमा पनि छलफल भएको जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दासले जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width