नागरिक कोरोना खोपबाट वञ्चित हुने अवस्था नआओस् : कांग्रेस

आदर्श समाज सम्वाददाता
जेठ ३, २०७८
1nepali congress

पोखरा । नेपाली कांग्रेसले कोही पनि नागरिक कोरोनाविरुद्धको खोपबाट वञ्चित हुने अवस्था आउन नदिन सरकारसँग माग गरेको छ। पार्टीले यथाशीघ्र आवश्यक आयात गरी समयमा खोप दिने व्यवस्था गर्न माग गरेको हो।

कांग्रेसले ज्येष्ठ नागरिकलाई पहिलो खोप दिइए पनि हालसम्म दोस्रो मात्र दिन बाँकी रहेकाले यथाशक्य चाँडो दिने व्यवस्था गर्न पनि माग गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई टेलिफोन गरी यस्तो माग गरेका हुन्।

नेता खाणले कोभिड–१९ रोकथाम, न्यूनीकरण तथा उपचारका सन्दर्भमा पनि मन्त्री त्रिपाठीको ध्यानाकर्षण गराएका थिए।उनले तत्काल अक्सिजन सिलिन्डर आयात गर्नेदेखि उत्पादक कम्पनीलाई आवश्यक पर्ने सहयोग र सहजीकरण गर्नसमेत अनुरोध गरेको कांग्रेस संसदीय कार्यालयले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width