गण्डकीमा १० दिनमै २ हजार ८ सय ५१ ले कोरोना जिते

धनबहादुर गुरुङ
जेठ २, २०७८
Graph

पोखरा । गण्डकी प्रदेशमा आइतबार ४ सय ३१ जनाले कोरोना जितेका छन् । कोरोना निको हुनेहरुमा यो अहिलेसम्मकै उच्च संख्या हो ।

प्रदेशमा पछिल्लो १० दिनमा २ हजार ८ सय ५१ जनाले कोरोना जितेका छन् । गण्डकीमा शनिबार मात्र ३ सय जना कोरोना मुक्त भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा वैशाख ३१ र २६ गते पनि आइतबारकै संख्यामा कोेरोनामुक्त भएका थिए ।

आइतबारसम्म गण्डकीमा आईतबारसम्म २८ हजार १८२ संक्रमित भएकोमा १९ हजार ७ सय ६६ निको भएका छन् । कोरोना जित्नेमा तुलनात्मक रुपमा महिला भन्दा पुरुषको संख्या बढि रहेको छ । जसमा १२ हजार ९८१ पुरुष र ६ हजार ७८५ महिला कोरोनामुक्त भएका छन् ।

सबैभन्दा बढि कास्कीमा १० हजार ५७९ र सबैभन्दा कम मनाङमा २८ जनाले कोरोना जितेका छन् । संक्रमितको संख्या पनि कास्कीमा बढि र मनाङमा कम रहेको छ । नेपालभर आईतबार ६ हजार ६४८ जना निको भएका छन् ।

प्रदेशमा एकैदिन २८ कोरोना संक्रमितको मृत्यु
गण्डकी प्रदेशमा आईतबार २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्ति अनुसार कास्कीमा ९, स्याङ्जामा ७, तनहुँमा ३, लमजुङ, बागलुङ र नवलपुरमा २/२ संक्रमितले ज्यान गुमाएका छन् । मुस्ताङ, म्याग्दी र गोरखामा १/१ जनाको निधन भएको छ । मृत्यूको यो संख्या अहिलेसम्म कै उच्च हो । योभन्दा अघि एकैदिन २३ जनाको ज्यान गएको थियो ।

कास्कीको पोखरा महानगरपालिका ९ की ४३ वर्षीया महिलाको गते मेडिप्लस अस्पताल, पोखरामा उपचारको क्रममा आईतबार मृत्यु भएको हो । पोखरा १४ का ८४ वर्षीय पुरूषकोे चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा दुखद निधन भएको हो ।

यसैगरि काठमाडौं महानगरपालिका ३० की ५३ वर्षीया महिलाको शनिबार चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा १६ का ६० वर्षीय पुरुषको पनि मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा शनिबा नै ज्यान गएको हो । यस्तै मुस्ताङको मुक्तिनाथ १ का ३३ वर्षीय पुरुषको पनि मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारकै क्रममा शनिबार नै मृत्यु भएको हो । पोखरा १ का ४२ वर्षीय पुरूषको शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा निधन भएको हो ।

यसैगरि स्याङ्जाको वालिङ नगरपालिका १३ की ५६ वर्षीया महिलाको शनिबार नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामै उपचारको क्रममा दुखद निधन भएको हो । तनहुँको घिरिङ गाउँपालिका ३ का ६४ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा शनिबार मृत्यु भएको हो । स्याङजाको वालिङ ८ का ६२ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा निधन भएको हो ।

यसैगरि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामै उपचारको क्रममा पोखरा १५ का ८७ वर्षीय पुरुषको ज्यान गएको हो । पोखरा १५ कै ५६ वर्षीय पुरूषको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामै मृत्यु भएको हो ।

यसैगरि बाग्लुङको कालिखोला ५ की ५० वर्षीया महिलाको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा निधन भएको हो । स्याङजाको वालिङ नगरपालिका १३ का ५५ वर्षीय पुरुषको पनि गण्डकी मेडिकल कलेज, पोखरामा ज्यान गएको हो । गण्डकी मेडिकल कलेज, पोखरामै उपचारको क्रममा स्याङजाको वालिङ १ की ४९ वर्षीय महिलाको पनि मृत्यु भएको हो ।

पोखराको चरक मेमोरियल अस्पतालमा पोखरा १ की ४९ बर्षीया महिलाको मिति शनिबार निधन भएको छ । बाग्लुङको बडिगाड गाउँपालिका ४ की ५४ वर्षीया महिलाको धौलागिरी अस्पतालमा उपचारको मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिका २ का ६५ वर्षीय पुरूषको वैशाख ३१ गते आँपपिपल अस्पताल, गोरखामा उपचारको निधन भएको छ ।

यसैगरि लमजुङको दोर्दी गाउँपालिका ८ की ४६ वर्षीया महिलाको जिल्ला अस्पताल लमजुङमा उपचारको क्रममा दुखद शनिबार निधन भएको छ । लमजुङकै बेशिसहर नगरपालिका ७ का ५७ वर्षीय पुरुषको चितवन मेडिकल कलेज, चितवनमा उपचारको क्रममा शनिबार नै मृत्यू भएको हो । दाङको तुलसीपुर ६ का ५२ वर्षीय पुरुषको ग्यालेक्सी अस्पताल, पोखरामा उपचारको क्रममा निधन भएको हो ।

यस्तै नवलपुरको मध्यविन्दु ५ की ७० वर्षीया महिलाको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र, नवलपूरमा उपचारको क्रममा बैशाख ३१ गते निधन भएको हो । वैशाख ३१ मै नवलपुरकै कावासोती ३ की ४३ वर्षीया महिलाको चितवन मेडिकल कलेज, चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । म्याग्दीको बेनी नगरपालिका ४ का ५९ वर्षीय पुरूषको संक्रामक तथा सरुवा रोग अस्पताल, पोखरामा उपचारको क्रममा आईतबार निधन भएको हो । तनहुँको व्यास नगरपालिका ४ की महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ ।

तनहुँको व्यास नगरपालिका १३ का ९१ वर्षीय पुरूषको नेशनल एपोलो अस्पताल, तनहुँमा उपचारको क्रममा ज्यान गएको छ । स्याङजाको गल्याङ नगरपालिका ४ का ८३ वर्षीय पुरुषको गहीं प्राथमिक स्वास्थ्य केन्द्र, स्याङजामा उपचारको मृत्यु भएको छ । स्याङजा जिल्ला, गल्याङ नगरपालिका ४ कै ८६ वर्षीय पुरूषको होम अइसोलेसनमा निधन भएको छ । स्याङजाकै अर्जुनचौपारी गाउँपालिका २ की ८० वर्षीया महिलाको जिल्ला अस्पताल, स्याङजामा उपचारको क्रममा निधन भएको छ । योसँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ सय ८३ पुगेको छ ।

७ सय ७७ नयाँ संक्रमित

गण्डकी प्रदेशमा आईतबार ७ सय ७७ जना नयाँ संक्रमित थपिएका छन् ।

१ हजार ६५२ जनाको स्वाब परिक्षण गर्दा ४७.०३ प्रतिशतमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैभन्दा बढि कास्कीमा ३ सय ८७ र कम मुस्ताङमा १ जना संक्रमित भएका छन् ।

बाग्लुङमा ९९, पर्वतमा ९२, स्याङजामा ६१ र गोरखामा ४९ जनामा कोरोना पोजेटिभ देखिएको हो । यसैगरि लमजुङमा २६, नवलपुर र तनहुँमा २४/२४, म्याग्दीमा १२ र मनाङमा २ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या ८ हजार ३३ पुगेको छ ।

नेपालभर १ सय ४५ जनाको कोरोनाको कारण मृत्यु भएको छ । त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width