कास्की लकडाउन: ५४९ व्यक्ति र २१५ गाडी प्रहरी होल्डमा

आदर्श समाज सम्वाददाता
जेठ २, २०७८
Today Karbahi Photo 3

पोखरा । कास्कीमा आइतबार निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ३९ जना व्याक्ति र २ सय १५ सवारी नियन्त्रणमा लिएर छाडेको छ ।

जसमा २ सय २६ पुरुष र ३ सय १३ महिला रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । त्यस्तै निषेधाज्ञामा बिना काम चलाइएको १ सय १५ सवारी पनि नियन्त्रणमा लिइएको हमालले बताए । जसमा ८० मोटरसाइकल स्कुटर र ३५ चारपांग्रे सवारी छन् ।

नियन्त्रणमा लिएको मानिस र सवारी साधनलाई केही समयमा सम्झाइ बुझाइ छाडिने हमालले जनाए । शनिबारदेखिको निषेधाज्ञाको पालना गर्न गराउन करिब ६ सय ४२ प्रहरी कर्मचारी परिचालन गरको पनि हमाले जानकारी दिए ।

पोखराको प्रत्येक चोकमा सुरक्षकर्मीहरु बसेर निषेधाज्ञा उल्लघंन गर्नेलाई सम्झाई बुझाई गरिरहेको छ । ‘अवस्था यस्तो भयावह छ, हामीले नियन्त्रणमा लिएर छोड्नुभन्दा पनि नागरिक आफै सजग हुनुपर्ने हो ।’ हमालले भने ।

Related News

सम्बन्धित समाचार

  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…
  • सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सराङकोट धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको बताएका…
  • पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय आयोजनामा लम्भी हिलमा बिहीबारदेखि श्रीमद्भागवत् गीता ज्ञानमहायज्ञ सुरु भएको छ । कलश यात्रा गरी सुरु…

hero news full width