व्यासले तयार पार्‍यो ५० शय्याको आइसोलेसन

सविन लामिछाने
जेठ २, २०७८
isolation pic vyas

दमौली । जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ रुपमा बढ्न थालेपछि व्यास नगरपालिकाले ५० शय्याको आइसोलेसन तयार पारेको छ । नगरपालिकाले व्यास ३ स्थित साविक कृषि विकास बैंकमा सामुदायिक भवनमा ५० शड्ढयाको आइसोलेसन केन्द्र तयार गरेको हो । घरमा बस्न नमिल्ने तथा विपन्न आर्थिक अवस्थाका संक्रमितलाई राख्नका लागि कृषि विकास बैंकको भवनमा अक्सिजनसहितको आइसोलेसन तयार पारिएको नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । उनले भने, ‘दिनहुँ रुपमा संक्रमित बढ्न थालेपछि होम आइसोलेसनमा बस्न नमिल्न तथा विपन्नका लागि अक्सिजन सहितको आइसोलेसन तयार गरिएको छ ।’

दमौली अस्पतालमा कोभिडको बिरामी भरिभराउ भएकाले नगरपालिकाले तयार पारेको आइसोलेसनले संक्रमितको उपचारमा सहज हुने उनले बताए । उक्त आइसोलेसनका लागि नगरपालिकाले एमबिबिएसको चिकित्सक पनि नियुक्त गरेको छ । जटिल बिरामीलाई अस्पतालसम्म पु¥याउनेका लागि नगरपालिकाले निशुल्क एम्बुलेन्सको व्यवस्थापन पनि गरेको छ । हाल नगरपालिका भित्र ३९ जना सक्रिय संक्रमित छन् । यसअघि नगरपालिकाले संक्रमितको उपचारको लागि दमौली अस्पतालमा राख्ने बताएको थियो । दमौली अस्पतालमा १६ शय्याको आइसोलेसन कक्ष छ । हाल जिल्लामा एक सय १६ आइसोलेसन तयार पारिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका स्थानीय तह र अस्पतालले १ सय १६ शय्याको आइसोलेसन तयार पारिएको छ । शुक्लागण्डकी नगरपालिका स्थित रहेको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रमा ३० शय्याको आइसोलेसन कक्ष तयार पारिएको छ । त्यस्तै बन्दीपुर गाउँपालिकामा १५, आँबुखैरेनीमा १२, शुक्लागण्डकी नगरपालिकामा १० भिमादमा आठ, म्याग्दे, ऋषिङ र भानुमा ५/५ शय्याको आइसोलेसन तयार पारिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width